लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले विशेष साधारणसभा गर्न दिएको निर्देशन विपरित विभिन्न बखेडा झिकेपछि एनआरएनए यूके, योगेन क्षेत्री समूह संरक्षकहरुबाटै आलोचित भएको छ ।
आइसीसीबाट मात्र होइन, एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी र संरक्षक एवं आइसीसी सल्लाहकार मेजर रि. डमर घलेले समेत फगामी सहित योगेन समूहको कडा आलोचना गरेका छन् ।
केन्द्रिय महासचिव कुमार पन्तले आइसीसीको ४४ औं बैठकको निर्णय बमोजिम महेन्द्र कंडेलले सबै शर्त पुरा गरेपछि एनआरएनए यूके महासचिव योगकुमार फगामीलाई फेब्रुअरी ८ देखि २२ सम्म विशेष साधारणसभा गरि नेतृत्व कंडेललाई हस्तान्तरण गर्न निर्देशन दिएका थिए । तर, फगामीले पन्तलाई २८ जनवरीमा प्रतिउत्तर लेख्दै विशेष साधारणसभा गर्न ३ फेब्रुअरीभित्र तीन प्रमुख बुंदासहितका शर्त पुरा हुनु पर्ने माग राखेका थिए ।
पन्तले फगामीलाई एनआरएनए यूकेको आन्तरिक समस्या झिकेर यो वा त्यो बहानामा नेतृत्व हस्तान्तरण प्रक्रिया नटार्न चेतावनी दिएका छन् ।
प्रमुख संरक्षक प्रा. डा. सुवेदीले पन्तलाई पठाइएको इमेलले दिक्क बनाएको बताउंदै संरक्षक परिषदका सदस्यहरुले जनही पांचसय पाउण्ड तिर्नुपर्नेबारे आफू कहिल्यै जानकार नभएको उल्लेख गरेका छन् । ‘तपाईंले मलाई ५०० पाउण्ड तिर्नुपर्छ भनेर कहिले इमेल लेख्नुभयो ? तपाईंलाई संरक्षक परिषदसंग पैसा माग्ने अधिकार कसले दियो ?’ सुवेदीको प्रश्न छ । सुवेदीले नेतृत्व हस्तान्तरण विलम्ब गर्न यस्ता बखेडा झिकिएको र त्यो अस्वीकार्य भएको समेत बताएका छन् । गत वर्ष २९ सेप्टेम्बर, २०१३ मा एनआरएनए यूके समस्या समाधानका लागि आफ्नो क्षमता र विवेकले भ्याएसम्म पहल गरेको समेत सुवेदीले स्मरण गरेका छन् ।
२९ सेप्टेम्बर, २०१३ मा सबैको निर्णयबाट एनआरएनए यूके संरक्षक परिषद गठन भएको स्मरण गर्दै सुवेदीले ‘संरक्षक परिषदले एनआरएनए राष्ट्रिय समन्वय परिषदलाई मार्गदर्शन, सल्लाह र सहयोग गर्ने हो, न कि राष्ट्रिय समितिले संरक्षक परिषदलाई’ भन्दै एनआरएनए यूकेको सबै बेथितिबाट आफू वाक्क भइसकेको र यसबाट समयमात्र बर्वाद भएको भनि आक्रोश पोखेका छन् । सुवेदीले आफूलाई यस्ता मुद्दामा अल्झिराख्न समय नभएको जनाउंदै अबदेखि केही नलेख्न समेत भनेका छन् ।
उता, संरक्षक घलेले क्षेत्री र फगामीलाई सम्वोधन गरि महासचिव पन्तलाई विभिन्न शर्त राखेर पठाएको पछिल्लो इमेलका कारण आफू आश्चर्यचकित र निरास भएको उल्लेख गरेका छन् । घलेले आइसीसीको निर्देशन पालना गर्न जरुरी छ भन्दै आइसीसी बैठकले स्पष्ट निर्णय गरिसकेको अवस्थामा यस खालका इमेलले एकता झन् खल्बलिने र थप द्धिविधा उत्पन्न गर्नेमा चिन्ता व्यक्त गरेका छन् । संरक्षक घलेले यस प्रकारका इमेल रोक्न आग्रह गर्दैै आइसीसीको निर्देशन अन्यत्र नमोड्न समेत भनेका छन् । एनआरएनए यूके विवाद साम्य गर्न प्रमुख संरक्षक सुवेदीसहित आफूहरुले धेरै मिहिनेत गरेको स्मरण गर्दै संस्थाको गरिमा जोगाउने हो भने व्यक्तिगत मुद्दा संस्थामा नल्याउन घलेको आग्रह छ । उनले जिम्मेवार भएर काम गर्न समेत जोड दिएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ