लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष महेन्द्र कंडेलले पूर्व निर्धारित काउन्सिल बैठक स्थगित गरेका छन् ।
अल्डरसटमा आइतवार बसेको एनआरएनए यूके बैठकमा एकपक्षीय रुपमा बोलाइएको काउन्सिल बैठकको तीव्र विरोध भएपछि सहअध्यक्ष कंडेल हच्केका हुन् । दुवै ३१ अगष्टमा काउन्सिल बैठक डाक्ने निर्णयमा सहमत भएका छन् ।
‘दुवै पक्षहरु लचियो रुपमा प्रस्तुत भएपछि आइतवारको बैठकमा १७ अगष्टमा बोलाइएको बैठक स्थगित गर्ने सहमति भयो’, सहअध्यक्ष कंडेलले वीनेपालीसँग भने ।
उनकाअनुसार एनआरएनए यूके अध्यक्ष योगेन क्षेत्रीको अध्यक्षतामा अल्डरसटमा बसेको बैठकले आगामी ३१ अगष्टमै काउन्सिल बैठक राख्ने निर्णय गरेको छ । बैठकले सहअध्यक्ष कंडेललाई नै काउन्सिल बैठकको संयोजक तोकेको सदस्य फडिन्द्र भट्टराईले वीनेपालीलाई जानकारी दिए । उक्त निर्णयसंगै एनआरएनए यूकेमा अध्यक्ष क्षेत्री र सहअध्यक्ष कंडेल पक्षवीच देखिएको विवाद काउन्सिल बैठकसम्मका लागि भने साम्य भएको छ ।
कंडेलले विना तयारी एकपक्षीय रुपमा वार्गेनिङ गर्न काउन्सिल वैठकको सूचना जारी गरेपछि अध्यक्ष क्षेत्री असन्तुष्ट थिए । उनले काउन्सिल वैठकको निर्णय बारेमा जानकारी दिदै वीनेपालीसँग भने, ‘विना तयारी भ्रम छर्न वोलाइएको वैठक स्थगित गर्नुको विकल्प थिएन, त्यो भयो ।’
कंडेलले आफ्नो फेसवुक पेज मार्फत विशेष अधिवेशनको निर्णयलाई हवाला दिंदै लन्डनको साउथइस्टमा काउन्सिल वैठक डाकेका थिए । कार्यकारी अधिकार लिएर बसेका अध्यक्ष क्षेत्रीले ‘असाधारण एकता सम्मेलन’ को निर्णय कायान्वयनमा आलटाल गरेको भन्दै कंडेल एक्लै अघि बढ्न तम्तयार थिए ।
एक वर्षअघि लन्डनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री र एनआरएनए यूकेका प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदी र पूर्व अध्यक्षहरु सम्मिलित ‘असाधारण एकता सम्मेलन’ ले गरेको सम्झौतामा अधिवेशन अघि नै संघ बेलायतको काउन्सिल अवधारणामा प्रवेश गर्ने प्रतिवद्धता उल्लेख थियो । गत वर्ष भएका सहमतिको मुख्य वुंदा कार्यान्वयन गर्न अझै बाँकी छ ।
आगामी २९ सेप्टेम्बर २०१४ सम्म योगेन क्षेत्री र सोही दिनदेखि सहअध्यक्ष महेन्द्र कंडेलले कार्यकारी अध्यक्ष सम्हाल्ने र क्षेत्री सहअध्यक्ष हुन राजी भएको सहमति पत्रमा उल्लेख छ । सहमतिमा १८ जना पदाधिकारीलाई मान्यता दिने उल्लेख छ ।
सहमति कार्यान्वयनका लागि संरक्षक प्रा. डा. सुवेदीको अध्यक्षतामा मेजर डमर घले, खगेन्द्र नेपाली, श्रीमती जया राई र डा. राघव धिताल सदस्य रहेको अनुशासन समिति पनि गठन गरिएको थियो । सो सहमति पछि दुई चिरा पर्न लागेको एनआरएनए यूके विवाद साम्य भएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य