
लण्डन । कम्वोडियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि प्रा.डा. सूर्यप्रसाद सुवेदीले आफ्नो जिम्मेवारीप्रति सन्तुष्ट भएको बताएका छन् ।
बेलायतस्थित नेपाली समुदायका प्रवुद्ध व्यक्तित्व सुवेदी सन् २००९ को मार्चमा राष्ट्रसंघको मानवअधिकार काउन्सिलबाट विशेष प्रतिनिधिका रुपमा नियुक्त भएका थिए ।
आफ्नो छ वर्षे कार्यकालको समीक्षा गर्दै कम्वोडियामा गत साता आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो कार्य प्रगतिप्रति सन्तोष व्यक्त गरे ।
राष्ट्रसंघलाई पाँचवटा प्रतिवेदन पेश गरिसकेका सुवेदीले प्रतिवेदनमा उल्लिखित धेरै सुझावहरु कार्यान्वयन भएका वा कार्यान्वयन हुने प्रक्रियामा रहेको बताए ।
कम्वोडियाका प्रतिपक्ष र सत्ता पक्ष दुवैले निर्वाचन प्रणालीमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका कारण आफू धेरै आशावादी भएको उनले बताएका छन् ।
सबैभन्दा ठूलो कुरा त कम्वोडियाका जनताहरु आफ्ना अधिकारका बारेमा सचेत भएका र अधिकारका बारेमा नडराइ बोल्न सक्ने भएकामा उनले उपलब्धि ठानेका छन् ।
शुरुवात भएका राजनीतिक सुधारका प्रक्रियाहरु अब पछाडि नफर्कने आशा उनले व्यक्त गरेका छन् ।
कम्वोडियाको प्रजातन्त्र, कानुन र मानव अधिकारलाई मजबुत पार्ने कार्यमा आफू सरिक हुन पाएकोमा उनले खुशी व्यक्त गरेका छन् ।
उनले कम्बोडिया सरकारलाई स्वतन्त्र निकायहरुलाई बिना हस्तक्षेप काम गर्न दिन सुझाव दिएका छन् ।
राजनीतिक स्थिरताका कारण कम्वोडिया आर्थिक रुपमा पनि अगाडि बढ्दै गएको तर धनी र गरिब बीचको बढ्दो खाडल आफैँमा चुनौतीका रुपमा खडा हुँदै गएको उनले बताए ।
सुवेदी अघिका राष्ट्रसंघका दुई दुतहरुले आफ्नो अवधि सकिनअघि नै राजीनामा दिएका थिए ।
सुवेदीलाई कम्वोडियाका सत्तापक्षीय दलका कार्यकर्ताहरुले विरोध र दुर्व्यवहार गरे पनि उनले कम्बोडियाका जनताको गुणस्तरीय जीवनका लागि केही योगदान गर्नुपर्छ भनेर राजिनामा नदिएको बताए ।
‘म भगुवा होइन, चुनौतीको डटेर सामना गनुपर्छ भन्ने मान्यताको व्यक्ति हुँ’ उनले कम्वोडियाको नोमपेह पोष्टसित भनेका छन् ।
सुवेदीको कार्यकाल यही अप्रिलमा सकिँदैछ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला