गैरआवासीय नेपाली संघको जन्म बेलायतको लन्डनबाट भयो । सन् २००३, अक्टोबरमा बसेको बैठकले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकीकृत गर्ने उद्देश्यले एउटा साझा संस्थाको रूपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद निर्माण गर्ने निर्णय भयो । तत्कालीन राजा वीरेन्द्रले संघको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए । त्यस यता यसले आफ्नो आठौं विश्व सम्मेलन सम्पन्न गरेर अहिले आगामी अक्टोबर १५-१७ तारिख काठमाडौंमा आयोजना हुने नवौं विश्व सम्मेलनको संघारमा छ । तर, यो आलेखको विश्लेषण सिङ्गो एनआरएनएको होइन, मात्र यस संस्थाको जननी देश बेलायतको हो । जहां भोलि सेप्टेम्बर १४ तारिख नयां नेतृत्वको लागि चुनाव हुंदैछ र परिणाम आउन केही घण्टा लाग्ला । यो पक्तिकार स्वयंलाई पनि बेलायतको एनआरएनए र समाजलाई नजिकबाट नियाल्ने मौका पाएकोले यो विश्लेषण गर्ने आधार मिलेको हो ।
शुरुवातः
एनआरएनए जस्तो विश्वस्तरको संस्थाको स्थापना बेलायतको भूमिबाट भएको माथि भूमिकामै उल्लेख भइसक्यो । बेलायतबाटै औपचारिक रूपमा शुरु भएको एनआरएनए अभियान आज विश्वका ८० देशमा फैलिंदा बेलायत एनआरएनएका लागि यो एउटा गौरव र चुनौतीको विषय बनेको छ । एनआरएन इतिहासमा १४ हजार भन्दा माथि अर्थात सबैभन्दा बढी पन्जिकृत सदस्यहरु बनाएर रेकर्ड तोडेको बेलायतले आफ्नो नयां नेतृत्व चैं कस्तो चुन्ला ? सबैको चासो र कौतुहलताको बिषय बनेको छ ।
गठबन्धनः
एनआरएनए बेलायतको इतिहासमा निर्वाचन प्रयोजनकालागि अहिलेजस्तो ठूलो गठबन्धन र ‘क्याम्पेनिङ’ यस अघि कहिल्यै अनुभव नगरिएको बताइन्छ । तर, केही वर्ष पहिला विवादकै कारण एक-एक वर्ष कार्याकाल बांडेर पनि एनआरएनए बेलायत चलेको इतिहास छ ।
यसपटकको गठबन्धन भने अलि अनौठो र घोलघाल जस्तो देखिएको छ । राजनैतिक, वैचारिक र सामाजिक रूपमा कोही कुनै निश्चित गठबन्धनमा देखिंदैनन् अर्थात समाजका सामाजिक अभवयहरु विभाजित लाग्छन् । बेलायतको नेपाली समाजका निक्कै प्रभाव राख्ने जातीय संस्थाहरु पनि छुट्टाछुट्टै ध्रुवमा उभिएको देखिन्छ । जस्तो कि तमुधीं युकेले अध्यक्षको उम्मेदवारमा पुनम गुरुङलाई समर्थन गरेको छ भने किरांत राईहरुको संस्थाले शेर सुनारलाई ।
यी र यस्ता कारणहरुबाट चुनावी परिणामको आंकलन गर्न कठिन भएको छ । गठबन्धनका अगुवा उम्मेदवारहरु पुनम गुरुङ र शेर सुनार आफू र आफ्नो समूह जित्ने दावी त गर्छन् तर यही अन्योलताका बीच दृढ विश्वास व्यक्त गर्न भने चुनाव हुनु केही घण्टा अघि सम्म सकेका छैनन् ।
प्रचारः
अहिलेको सामाजिक सञ्जाल, इन्टरनेट र प्रविधिको जमानामा दुवै पक्षले प्रचारका यी चीजहरुलाई भरपुर प्रयोग गरेर आफ्नो पक्षमा जनमत बटुल्ने भगिरथ प्रयत्न गरेको देखिन्छ । तर, प्रचारको हिसाबले पुनम गुरुङ समूह अलि ब्यवस्थित, आक्रमक र अग्रभागमा रहेको लन्डनकी एकजना मतदाता शीला शर्माको अनुभव छ ।
युकेको प्रभावशाली मध्येको एक संस्था तमुधीं युकेको समर्थन प्राप्त भएर पनि होला, पुनमको प्रचारको ‘ब्यारोमिटर’ अलि माथि देखिन्छ । तर, बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि हुने गरि कुनै एजेन्डा अगाडि सारेको देखिंदैन् । बरु मिडिया आफैंले उम्मेदवारहरुलाई खोजी खोजी प्रचार गर्नुपर्ने अवस्थाले चुनाव एजेन्डामा भन्दापनि ब्यक्ति केन्द्रित भएको हो कि भन्ने चिन्ता र चासो बेलायतको बौद्धिक नेपाली समुदायमा देखिन्छ ।
परिणामः
जति नै ब्याख्या र बिश्लेषण गरेपनि चुनाव हो एउटाले जित्ने छ अर्कोले हार्ने हार्नेछ, माथिकै विश्लेषण र लेखाजोखालाई आधार मान्दा निर्वाचन परिणाम कसैको पक्षमा एकलौटी हुने देखिंदैन । नतिजा मिश्रित आउने आंकलन गर्न सकिन्छ, कडा प्रतिस्पर्धाबीच सम्भवत अध्यक्षमा पुनम गुरुङ जित्लिन् । महासचिवमा सबैभन्दा कडा टकराव होला, यदि समूहको इमानदारीता देखिए फडिन्द्र भट्टराई जित्लान्, तर जातीय प्रभाव हावी भए कर्मा शेर्पाले बाजी मार्नेछन् ।
आइसिसी सदस्यहरुमा भने धेरै जसो चिरपरिचित अनुहारहरु नै छनौट हुने देखिन्छ । जस्तो कि योगकुमार फगामी, सुशीला राई, ललित न्यौपाने, रमेशराज बास्तोला, अर्जुनकुमार कटुवाल, राजन खकुरेल, दयानिधि सापकोटा, अर्कराज तिमिल्सिनाहरुले बाजी मार्न सक्लान् । अन्य पदहरुमा पनि परिणाम मिश्रित नै हुने अपेक्षा देखिन्छ ।
(लेखक गैरआवासीय नेपाली पत्रकार महासंघका अभियानकर्ता एवं वल्ड नेपाली डटकमका संस्थापक प्रधानसम्पादक हुन् ।)
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार