लन्डन । एनआरएनए यूके निर्वाचन शुरु हुन करिब दश घण्टा बांकी रहंदा अध्यक्ष प्रत्यासी पुनम गुरुङको एउटा आन्तरिक दस्तावेजले अर्का प्रत्यासी शेरबहादुर सुनार ९०५ मतान्तरले पछाडि पर्ने जिकिर गरेको छ ।
शुक्रबार दिउसो भएको पुनम समूहको तयारी बैठकमा जोड घटाउसहित प्राप्त हुन सक्ने मत सर्वेक्षण गरिएको हो ।
पुनमले अल्डरसटबाट १४०० मत, प्लमस्टिडबाट ८००, केन्टबाट १५०, हयारोबाट ४५०, रेडिङबाट ४००, बेजिङस्टोकबाट ४००, स्वीन्डनबाट ३००, बर्मिङहमबाट ५००, लेस्टरबाट ५५०, स्कटल्याण्डबाट २५०, नर्दन आयरल्याण्डबाट २० र वेल्सबाट ३५ मत ल्याउने दाबी गरिएको छ ।
त्यसैगरि, शेर सुनारले नर्दन आयरल्याण्ड, वेल्स, लन्डन हयारो र केन्टबाट पुनमभन्दा बढि मत ल्याउने क्यालकुलेसन गरिएको छ । शेर सुनारले अल्डरसटबाट ९००, प्लमस्टिडबाट ६००, केन्टबाट ४००, हयारोबाट ८००, रेडिङबाट ३५०, बेजिङस्टोकबाट २००, स्वीन्डनबाट २५०, बर्मिङहमबाट २५०, लेस्टरबाट २५०, स्कटल्याण्डबाट २००, नर्दन आयरल्याण्डबाट ८० र वेल्सबाट ७० मत ल्याउने सर्वेक्षण गरिएको छ ।
संयुक्त अधिराज्यको १३ मतदान केन्द्रबाट मतदान व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । यसपटक मतदाता संख्या १३, ६२९ छ । पञ्जिकृत सदस्यका हिसाबले ८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये बेलायत सबैभन्दा ठूलो हो ।
मत गणना आइतबार अपरान्हसम्म भइसक्ने अपेक्षा गरिएको छ ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा