
लन्डन । नेपलिज क्याटरिङ एसोसिएसन यूकेले रेष्टुरेन्ट र क्याटरिङ व्यवसायमा
‘प्रभावकारी कर योजनासहितको वित्तिय योजना’ बारे एक दिने निशुल्क सेमिनार गर्ने भएको छ । आगामी १ फेब्रुअरी, आइतबारका दिन साउथहलस्थित दार्जिलिङ इन रेष्टुरेन्टमा यस क्षेत्रका वीज्ञहरु निम्त्याएर सेमिनार गर्न लागिएको एसोसिएसनका अध्यक्ष विजय थापाले जनाएका छन् ।
रेष्टुरेन्ट तथा क्याटरिङ व्यवसायमा हाल दक्ष जनशक्ति अभाव भइरहेका बेला सेमिनारमा स्पोन्सरसीप लाइसेन्समार्फत यसको सट्टा भर्ना वा नयां कामदार कसरी लिने भन्ने सम्वन्धमा समेत अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ । एसोसिएसनले माथि उल्लेखित दुई प्रमुख विषयलाई यस उद्योगका चुनौती ठानेको छ ।
त्यसैदिन एसोसिएसनको नयां वेवसाइट समेत सार्वजनिक गर्ने कार्यक्रम छ । नयां वेवसाइटले नेपाली रेष्टुरेन्ट व्यवसायको प्रवर्धन र व्यवसायीबीच निकटता ल्याउने अपेक्षा गरिएको छ । संस्थाले इच्छुक व्यक्तिलाई सहभागी हुन निमन्त्रणा समेत गरेको छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग