लन्डन । बेलायतकी सक्रिय महिला अभियन्ता रोजिना प्रधान राईले एनआरएनए यूके निर्वाचनमा अध्यक्ष प्रत्यासी पुनम गुरुङलाई समर्थन गर्दै महिला उपाध्यक्षमा उम्मेदवारी दिने भएकी छन् ।
उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा रोजिनाले पुनम गुरुङ पनि एक महिला अभियन्ता भएको र महिला सशक्तिकरणमा उनीसंग एक साथ काम गर्न सहज हुने भएर आफू त्यो निर्णयमा पुगेको बताइन् । एनआरएनए यूकेको भावी नेतृत्व महिलाले पनि हांक्न सक्छन् भन्ने विश्वास व्यक्त गर्दै रोजिनाले आफूसहित पुनम गुरुङ समूहलाई समर्थन गर्न पनि अपिल गरेकी छन् ।
एक दशकदेखि बेलायत बस्दै आएकी रोजिनाले आफ्नो उम्मेदवारी महिला हक हित, सशक्तिकरण र निस्वार्थ समाजसेवामा केन्द्रित हुने बताएकी छन् । उनले आफूहरुलाई अमुल्य मत दिएर विजय सुनिश्चित गराइदिन पनि समस्त मतदातासमक्ष अपिल गरेकी छन् ।
रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक रोजिनाको महिला हकहितका लागि कार्यरत विभिन्न संघसंस्थामा संलग्नता छ । उनी ब्लाइन्ड रक्स यूके उपाध्यक्ष, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, ह्युमन राइट्स यूकेको सदस्य, एसियन महिला एसोसिएसन यूके (आमा) को निवर्तमान प्रवक्ता, किरात राई यायोख्या बेलायत अन्तर्गत महिला विभागको महासचिव आदि जिम्मेवारीमा छन् । च्यारिटी र सामाजिक कार्यका लागि रोजिनाको सक्रियता बेलायतको नेपाली डायस्पोरामा निकै छ ।
काठमाडौंमै जन्मे हुर्केपनि आफूले यो अवस्थासम्म आइपुग्न धेरै संघर्ष गरेको र महिलाको पीडा बुझेकाले एनआरएनए यूके नेतृत्वमा आएर महिलाको पक्षमा डटेर काम गर्न आत्मविश्वास बढेको उनले बताइन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]