लन्डन । एनआरएनए यूकेका पन्जिकृत सदस्यहरुको टुंगो लागेको छ । निर्वाचन समितिले २०१९-२१ का लागि कुल १३ हजार ६२९ पन्जिकृत सदस्यहरु स्वीकृत भएका जनाएको छ । अब यो संसारका ८० शाखामध्ये सबैभन्दा धेरै सदस्य भएको समिति बनेको छ ।
एनआरएनए यूकेको सदस्यताका लागि १३ हजार ८ सय ९० जनाले आवेदन दिएकामा आवश्यक कागजात, तस्विर, शुल्क लगायत प्रक्रिया नपुगेका ५ सय ३८ सदस्यता स्वीकृत गरिएको थिएन ।
रित नपुगेका सदस्यहरुलाई आवश्यक कागजात बुझाउन समय थपिएपछि केही संख्या बढेका हुन् । २१४ आवेदन अस्वीकृत भएका छन् भने ४७ वटा ‘डुप्लिकेट’ पाइएको छ ।
निर्वाचन समितिका अनुसार सेप्टेम्बर १४ मा हुने एनआरएनए यूके निर्वाचनका लागि यही आइतवार उम्मेदवारी दर्ताको तालिका छ ।
अन्तिम मतदाता नामावली www.nrnauk.org मा हेर्नु होला-
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]