लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनको १२ औँ यूरोपेली बैठक आगामी शनिबारबाट सुरु हुने भएको छ । इटालीको रोममा शनिबार र आइतबार (अगष्ट ३ र ४ ) आयोजना गर्न लागिएको बैठक नेपालमा लगानी र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहने एनआरएनएले जनाएको छ ।
बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा, लगानी सम्वन्धी नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै राहत कोषको अवधारणा लगायत एजेन्डामा छलफल हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै, बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भिर्त्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिने जनाइएको छ ।
यस्तै नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ समेत गरिने संघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बैठकको पूर्व सन्ध्यामा अर्थात २, अगष्ट (२०१९) मा इटालीका एक सय भन्दा बढी व्यापार एवं पर्यटन व्यवसायी, स्थानीय नगरपालिकाका मेयर नेपाल सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली संघ लगायतको उपस्थितीमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने छ ।’
सोही अवसरमा संघको १० औं महिला भेला समेत आयोजना हुँदैछ । उक्त भेलामा युरोपका झन्डै २० वटा मुलुकमा रहेका महिलाहरुले सहभागिता जनाउनेछन् ।
बैठकमा नेपालबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला लगायत सहभागी हुँदैछन् ।
यसैगरी, यूरोपस्थित नेपाली राजदूताबासका राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु, यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत करिब ५ सय प्रतिनिधी सहभागी हुने एनआरएनएले जनाएको छ ।
विज्ञप्ति:
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी