लन्डन । क्रोयडन काउन्सिलले आउंदो १४ जुलाइमा गर्न लागेको क्रोयडन मेलामा नेपाली समुदायले समेत सहभागिता जनाउने पक्का भएको छ । वान्डल पार्कमा हुने उक्त वृहत मेलामा क्रोयडन नेपलिज कम्युनिटी यूकेले ‘नेपाल भ्रमण वर्ष- २०२०’ को प्रचारप्रसार गर्न ठाउं, एउटा फुड स्टल र मेन स्टेजमा ५ मिनेटको नेपाली गीतसहित मौलिक नाचको अवसर पाएको हो । मेलामा विभिन्न समुदायका करिब १० हजार जनाको सहभागिता रहने अपेक्षा छ ।
कम्युनिटीका संस्थापक अध्यक्ष ध्रुवहरि बांस्कोटा र सदस्य डा. सुरजमणि पौडेलको विशेष पहलमा उक्त अवसर जुरेको कम्युनिटीका वर्तमान अध्यक्ष नवीनकुमार कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीले मेलामा नेपाल सम्बन्धि कार्यक्रम अझ प्रभावकारी बनाउन अपिल गर्दै उत्साहजनक सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।
सन् २०११ मा स्थापित क्रोयडन नेपलिज कम्युनिटी यूकेले मनोरन्जन कार्यक्रममात्र नगरि परदेश रहेर पनि नेपालको नाम उच्च गराउने विभिन्न गतिविधि गर्नुका साथै नेपालमा आपतविपतमा सहयोग समेत गर्दै आएको छ । संस्थाले विशेष गरि परोपकारी कार्यमा आफ्नो क्रियाशिलता तीव्र पारेको अध्यक्ष कार्कीले बताए ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा