लण्डन । बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खाहरुको समस्यामा गम्भीर चासो देखाउनुभएको छ ।
मंगलबार बिहान नेपाली दूताबासमा भूतपूर्व गोरखा सैनिकहरुसित भएको भेटवार्तामा प्रधानमन्त्रीले तोकिएको समयभन्दा धेरै समय दिई गोरखाहरुको समस्या गम्भीरतापूर्वक सुन्नु भयो ।
शुरुमा भेटघाटका लागि १५ मिनेट मात्र दिइएकोमा प्रधानमन्त्रीले एक घण्टाको समय गोर्खाहरुलाई दिनु भएको थियो । त्यतिबेला एनआरएनए युके र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डल भने बाहिर प्रतीक्षामा बसिरहेको थियो ।
भेटघाटमा गोर्खा भूतपूर्व सैनिकका संस्थाहरु गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) सहभागी थियो । ब्रिटिश गोरखा वेलफेयर सोसाइटी भने सो भेटघाटमा सहभागी थिएन ।
सो अवसरमा गेसो सभापति कृष्णकुमार राई र गोर्खा सत्याग्रहका तर्फबाट निर्देशक ज्ञानराज राईले गोर्खा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा प्रधानमन्त्री र उहाँको टोलीलाई जानकारी गराएका थिए ।
सभापति राईका अनुसार सो अवसरमा गोर्खाहरुले गतवर्ष प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयनका लागि दुईपक्षीय उच्चस्तरीय समिति गठनका लागि प्रधानमन्त्री ओलीसित माग गरेका थिए ।
गोरखाहरुको भनाइपछि आफ्नो कुरा राख्दै प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीसित गोरखाहरुको समस्या उठाउने आश्वासन दिनु भएको थियो । उहांले गोरखा भर्ती नेपाल–भारत–बेलायतबीचको त्रिपक्षीय सम्झौताको आधारमा हुँदै आएकोमा अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौताबाट गोरखा भर्ती हुनुपर्ने धारणा राख्नु भएको थियो ।
प्रधानमन्त्रीसितको भेटपछि गोरखाहरु सकारात्मक देखिएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे