
लन्डन । बेलायतवासी नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन यहां वृहत स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ । हार्ट फाउण्डेशनको अगुवाइमा स्वास्थ्यसंग सम्वन्धित विभिन्न संघसंस्थाहरु नेप्लिज ब्ल्ड डोनर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके र नेप्लिज डक्टर एसोसिएसन यूके मिलेर आगामी मार्च १ तारिखका दिन कार्यक्रम गर्न लागिएको हो । उल्लेखित संस्थाका प्रतिनिधिहरुको शनिवार सम्पन्न बैठकले सिभिल इञ्जिनियरिङ पव एण्ड ब्लु अर्किड रेष्टुरेन्ट सभाकक्ष, नर्थहोल्टमा मध्यान्ह १२ देखि अपरान्ह ५ बजेसम्म गर्ने निर्णय गरेको हो ।
उक्त कार्यक्रममा डा अरुण झाले स्ट्रोक, डा. अच्युत धितालले क्लिनिकल कार्डियोलोजी, बिकलचन्द्र आचार्यले मुटुरोग र जोखिमहरू, एभरेष्ट गौतमले ब्लड डोनेसन र सुशिला कार्कीले सिपीएस् सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नेछन् । झा डक्टर्स एसोसिएसनका अध्यक्ष हुन् भने आचार्य हार्ट फाउण्डेशन यूके अध्यक्ष, गौतम ब्लड डोनर्स एसोसिएसन यूके अध्यक्ष र कार्की नर्सिङ एसोसिएसनकी अध्यक्ष हुन् । उक्त कार्यक्रममा बेलायतमा रहेका सम्पूर्ण नेपालीबाट सकारात्मक सहयोग हुने अपेक्षा कार्यक्रम संयोजक प्रसुना कंडेल र जया राईको छ ।
हालै बेलायतमा दुई नेपाली युवकको हृदयघातका कारण निधन भएको खबरले सबै नेपाली मनहरुलाई स्तब्ध बनाएको थियो । कोरोनरी मुटुरोग लाग्ने सम्भावना दक्षिण एशिया र अफ्रो क्यारिबियनका मानिसलाई अन्यत्रकालाई भन्दा अधिक रहन्छ। यसै परिप्रेक्षमा बेलायतमा रहेका नेपालीलाई स्वास्थ्य सम्वन्धि विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हार्ट फाउण्डेशन यूकेका विकलचन्द्र आचार्यले जनाए ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]