
लन्डन । बेलायतवासी नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन यहां वृहत स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ । हार्ट फाउण्डेशनको अगुवाइमा स्वास्थ्यसंग सम्वन्धित विभिन्न संघसंस्थाहरु नेप्लिज ब्ल्ड डोनर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके र नेप्लिज डक्टर एसोसिएसन यूके मिलेर आगामी मार्च १ तारिखका दिन कार्यक्रम गर्न लागिएको हो । उल्लेखित संस्थाका प्रतिनिधिहरुको शनिवार सम्पन्न बैठकले सिभिल इञ्जिनियरिङ पव एण्ड ब्लु अर्किड रेष्टुरेन्ट सभाकक्ष, नर्थहोल्टमा मध्यान्ह १२ देखि अपरान्ह ५ बजेसम्म गर्ने निर्णय गरेको हो ।
उक्त कार्यक्रममा डा अरुण झाले स्ट्रोक, डा. अच्युत धितालले क्लिनिकल कार्डियोलोजी, बिकलचन्द्र आचार्यले मुटुरोग र जोखिमहरू, एभरेष्ट गौतमले ब्लड डोनेसन र सुशिला कार्कीले सिपीएस् सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नेछन् । झा डक्टर्स एसोसिएसनका अध्यक्ष हुन् भने आचार्य हार्ट फाउण्डेशन यूके अध्यक्ष, गौतम ब्लड डोनर्स एसोसिएसन यूके अध्यक्ष र कार्की नर्सिङ एसोसिएसनकी अध्यक्ष हुन् । उक्त कार्यक्रममा बेलायतमा रहेका सम्पूर्ण नेपालीबाट सकारात्मक सहयोग हुने अपेक्षा कार्यक्रम संयोजक प्रसुना कंडेल र जया राईको छ ।
हालै बेलायतमा दुई नेपाली युवकको हृदयघातका कारण निधन भएको खबरले सबै नेपाली मनहरुलाई स्तब्ध बनाएको थियो । कोरोनरी मुटुरोग लाग्ने सम्भावना दक्षिण एशिया र अफ्रो क्यारिबियनका मानिसलाई अन्यत्रकालाई भन्दा अधिक रहन्छ। यसै परिप्रेक्षमा बेलायतमा रहेका नेपालीलाई स्वास्थ्य सम्वन्धि विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हार्ट फाउण्डेशन यूकेका विकलचन्द्र आचार्यले जनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा