लन्डन । बेलायतका युवा व्यवसायी अनिल मल्ल एनआरएनए यूकेको आगामी निर्वाचनमा युवा संयोजक पदमा उठ्ने भएका छन् । सेप्टेम्बर १४ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका लागि घोषणापत्रसहित छिट्टै आफ्नो उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गर्ने उनको तयारी छ ।
‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिलले भनेका छन् ।
कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् उनी । हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् ।
उनी निर्देशक रहेको नेप्लिज इन्टरटेनमेन्ट यूकेले अहिलेसम्म नेपालबाट दर्जनौं नेपाली कलाकार ल्याएर बेलायतमा विभिन्न कार्यक्रम गर्नुका साथै थुप्रै नेपाली चलचित्र प्रदर्शन गराएको छ । विगत वर्षदेखि एनआरएन यूकेको सदस्य रहेका उनले संस्थाका धेरै कार्यक्रममा स्वयमसेवकका रुपमा भूमिका निभाएका छन्, कैयौं अवसरमा कुशलतापूर्वक युवाहरुको परिचालन गर्दै आफ्नो नेतृत्व क्षमता पनि देखाएका छन् ।
युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग केही भिजन र कार्ययोजना छन् ।
बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसंग छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा