लण्डन । शान्ति नेपाली समाज बेलायतले गत १५ अप्रिलका दिन नयाँ बर्ष २०७६ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
समाजले नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु राजनराज सिवाकोटी र मिलन नेवार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसहित कार्यक्रम गरेको हो ।
समाजका अध्यक्ष लिलाबहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि थिए राजदूत डा. दुर्गा बहादुर सुबेदी । कार्यक्रममा बिशेष अतिथि गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ६०० भन्दा बढीको उपस्थिति थियो ।
सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत सुबेदीले कार्यक्रमबाट आफु निकै प्रभावित भएको र समाजले सधैं यसरी नै नेपाली र नेपालको पहिचान जिबन्त राख्न सकोस भन्दै शुभकामना दिए ।
गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले पनि शुभकामना दिदै समाजले गर्ने आगामी कार्यक्रममा संघको सहयोग र सदभाव रहिरहने बताए ।
साथै संस्थाका निबर्तमान अध्यक्ष कोलेस्वर ढकाल, नेपलिज सेफ एसोसियसन बेलायतका अध्यक्ष दधि आचार्य, गल्कोट समाज बेलायतका उपाध्यक्ष तुलक रेग्मी, मनकामना महिला समूह वेस्ट ब्रोम्विचकी अध्यक्ष श्रीमती राधा खरेल, सिर्जनशील महिला समूहकी प्रतिनिधि श्रीमती कोपिला अधिकारी लगायत विभिन्न संघसंस्थाबाट आमन्त्रित प्रतिनिधिहरुले पनि शुभकामना दिएका थिए ।
कार्यक्रमको सुरुवातमा आमन्त्रित प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई नौमती बाजाले स्वागत गरिएको थियो । सचिब प्रविण खराल र प्रबक्ता अन्जु पाठकले संचालन गरेको उक्त कार्यक्रममा समाजकी उपाध्यक्ष्य श्रीमती जयन्ति थापाले स्वागत मन्तब्य दिएकी थिइन् ।
समाजले स्वादिस्ट खाना ब्यबस्था गर्ने जिबन भण्डारी लगाएतको टिम, प्रायोजकहरु टेक साहनी र अजय सुबेदी, समाजका जानकी गैरे, शिक्षा पौडयाल, मोनीका हुमागाई, सुनिता तिवारी, सिम्रन सापकोटा, नौमती बाजा, सांस्कृतिक टिम, खेलकुद टिम, स्थानीय कलाकारहरुलाई बिशेष धन्यबाद ब्यक्त गरेको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता