लण्डन । शान्ति नेपाली समाज बेलायतले गत १५ अप्रिलका दिन नयाँ बर्ष २०७६ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
समाजले नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु राजनराज सिवाकोटी र मिलन नेवार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसहित कार्यक्रम गरेको हो ।
समाजका अध्यक्ष लिलाबहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि थिए राजदूत डा. दुर्गा बहादुर सुबेदी । कार्यक्रममा बिशेष अतिथि गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ६०० भन्दा बढीको उपस्थिति थियो ।
सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत सुबेदीले कार्यक्रमबाट आफु निकै प्रभावित भएको र समाजले सधैं यसरी नै नेपाली र नेपालको पहिचान जिबन्त राख्न सकोस भन्दै शुभकामना दिए ।
गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले पनि शुभकामना दिदै समाजले गर्ने आगामी कार्यक्रममा संघको सहयोग र सदभाव रहिरहने बताए ।
साथै संस्थाका निबर्तमान अध्यक्ष कोलेस्वर ढकाल, नेपलिज सेफ एसोसियसन बेलायतका अध्यक्ष दधि आचार्य, गल्कोट समाज बेलायतका उपाध्यक्ष तुलक रेग्मी, मनकामना महिला समूह वेस्ट ब्रोम्विचकी अध्यक्ष श्रीमती राधा खरेल, सिर्जनशील महिला समूहकी प्रतिनिधि श्रीमती कोपिला अधिकारी लगायत विभिन्न संघसंस्थाबाट आमन्त्रित प्रतिनिधिहरुले पनि शुभकामना दिएका थिए ।
कार्यक्रमको सुरुवातमा आमन्त्रित प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई नौमती बाजाले स्वागत गरिएको थियो । सचिब प्रविण खराल र प्रबक्ता अन्जु पाठकले संचालन गरेको उक्त कार्यक्रममा समाजकी उपाध्यक्ष्य श्रीमती जयन्ति थापाले स्वागत मन्तब्य दिएकी थिइन् ।
समाजले स्वादिस्ट खाना ब्यबस्था गर्ने जिबन भण्डारी लगाएतको टिम, प्रायोजकहरु टेक साहनी र अजय सुबेदी, समाजका जानकी गैरे, शिक्षा पौडयाल, मोनीका हुमागाई, सुनिता तिवारी, सिम्रन सापकोटा, नौमती बाजा, सांस्कृतिक टिम, खेलकुद टिम, स्थानीय कलाकारहरुलाई बिशेष धन्यबाद ब्यक्त गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा