लण्डन । मगर महिला संघ प्लमस्टिड शाखाले यस वर्षको माघे संक्रान्ति मनाएको छ ।
१७ जनवरीमा थेम्समिड लेकसाइड्मा आयोजित सो कार्यक्रमको शुरुवातमा वापा पदम बहादुर थापाले पितृ पूजा गरेका थिए ।
शाखाकी नवनिर्वाचित अध्यक्ष देवीमाया पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मगर संघ युकेका उपाध्यक्ष तथा मगर महिला संघ युके अध्यक्ष हिमाली राना रहेकी थिइन् भने विशेष अतिथिमा आदिबासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष कमला थापा र नेपालबाट आएका मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष मिन बहादुर बलाल मगर रहेका थिए । अन्य अतिथिहरुमा मगर संघ प्लमस्टिड शाखाका अध्यक्ष विसन थापा, निबर्तमान अध्यक्ष धन बहादुर थापा, महिला संघ प्लमस्टिड शाखाकी निबर्तमान अध्यक्ष हेमा राना, सल्लहाकार देवी आले, नेवार आमा समाजका अध्यक्ष गुमा श्रेष्ठ, गुरुङ आमा समाजका उपाध्यक्ष कमला गुरुङ् रहेका थिए ।
प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरूले मन्तब्यका क्रममा मगर र माघे संक्रान्तिको महिमा बारे स्पष्ट पारेका थिए । कार्यक्रममा मास्टर मित्रसेनको सम्झनास्वरुप उनको फोटोमा माल्यार्पण गरी उनको जीवनी मगर संघ पलमस्टिड शाखाका उपाध्यक्ष देवबहादुर थापाले व्याख्या गरेका थिए ।
अौपचारिक कार्यक्रम सचिव सरिता थापाले सन्चालन गरेकी थिइन् भने स्वागत मन्तब्य उपाध्यक्ष देउरुपी थापाले राखेकी थिइन् । उपस्थित र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष देबी माया पुनले पहिलो चरणको अौपचरिक कार्यक्रमको सभा बिसर्जन गरेकी थिइन् ।
दोस्रो चरणको साँस्कृतिक कार्यक्रम सहसचिब इन्दिरा पुन र सहकोषाध्यक्ष बिष्णु थापालेले सन्चालन गरेका थिए । स्थानिय कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरू इन्दिरा पुन, मिना पुन, रिशु थापा, सरला रोका मगर, देउरुपि थापा, प्रतिमा राना, संगिता थापा, क्रिश्टिना थापा, बिनिता थापा, थापा, हेममाया पुन, हित कुमारी पुन र प्रमिला थापाले अत्यन्त आकर्षक ढगले नृत्य प्रस्तुत गरी मनोरन्जन दिलाएका थिए।
मगर समाज सेवा केन्द्र ललितपुरको भवन निर्माणको लागि मगर महिलाहरूले १०० पाउन्ड र उपस्थित सहभागीहरूबाट उठाइ ४११ पाउन्ड अध्यक्ष देवी माया पुन र निवर्तमान अध्यक्ष हेमा रानाले केन्द्रका अध्यक्ष मिनबहादुर बलाललाई हस्तातरण गरे ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार