लण्डन – घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बुधबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न सकेन । भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत संग्रहबाट पारित गर्नुपर्ने प्रस्ताव भने बहुमत नजिक देखिए ।
दिइएका आठ विकल्पमा अप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत संग्रह गर्ने बिषयसम्मका थिए । मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४४१ मत परेको थियो ।
कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई सोमवार पुनः यस्तै मतदानमा लैजानुपर्ने बताएका छन् । अन्यको जोड भने अब दोस्रो आमनिर्वाचनमा जाने र त्यसले स्थापित गर्ने संसदले मात्र यो गतिरोधको अन्त्य गर्न सक्छ भन्ने छ ।
कुनै विकल्प नभेटिँदा समेत बेलायतले १२ अप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ । तर अहिलेलाई त्यसको सम्भावना समेत कम देखिएको छ किनकी उपलब्ध थुप्रै विकल्पमा सांसदहरू नै दोधारको अवस्थामा देखिएका छन् ।
मतदान अघि प्रधानमन्त्री टेरेजा मेले आफूले तयार पारेको सम्झौता पारित गरिए ईयूसँगको भावी सम्बन्धबारे हुने वार्ताका लागि नयाँ नेतृत्वलाई पद छाड्ने बताउनुभएको थियो । तर उहाँले ‘सोचिएभन्दा अगावै’ भने पनि त्यसको स्पष्ट समय सीमा भने खुलाउनुभएको छैन ।
प्रधानमन्त्री मेले भनेजस्तै भएमा समेत नयाँ प्रक्रियाको नेतृत्व कसले गर्ने भन्ने पनि स्पष्ट छैन ।
एकजना मन्त्रीले जनाएअनुसार प्रधानमन्त्री मेले तयार पारेको सम्झौता नै उपलब्ध ठीक विकल्प हो भन्ने यसले देखाएको छ । यसअघिको समय सीमा मार्च २९ मा सकिनेछ ।
त्यस समयभित्र आफ्नो सम्झौता प्रस्ताव दोस्रोपटक अस्वीकृत भएपछि प्रधानमन्त्री मेले ईयूसँग थप समय माग्दै ‘त्यो लम्बिने अवस्थाका लागि आफू नेतृत्वका लागि तयार नभएको’ बताउनु भएको छ ।
बेलायतले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समयसीमा पाउनेछ । यदि सांसदहरूले सो सहमतिलाई अनुमोदन गरेनन् भने ब्रेक्जिटका लागि अप्रिल १२ सम्मको सानो समय सीमा दिइनेछ ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति