बैङ्कक, १३ चैत – थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् । सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् । यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन् ।
स्वेच्छिक निर्वासनमा रहनुभएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।
“हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,” फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भन्नुभयो ।
उहाँले थप्नुभयो, “लोकतन्त्रको पक्षधर पार्टीहरुलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन् ।”
गत आईतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन ।
कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।
यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।
कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरुले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।
सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ ।
कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग