लन्डन । युरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) प्रस्ताव संसदबाट पारित गराउन कसरत गरिरहेकी बेलायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचार प्रकाशमा आएका छन् । मे क्याबिनेटकै केही वरिष्ठ मन्त्रीहरु उनलाई हटाउने योजनामा लागेको समाचारले बेलायती राजनीतिमा नयां तरंग आएको छ । केही दिन यता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ ।
मेको उत्तराधिकारी वातावरणमन्त्री माइकल गोभ हुने चर्चा छ । ‘मेको जिम्मेवारी अन्त्य लगभग निश्चित छ । उनी दश दिनभित्र बाहिरिने छिन्’, एक मन्त्रीको भनाइ उधृत गर्दै बेलायती अखबार द टाइम्सले लेखेको छ । मेलाई राजिनामा दिन वाध्य पारिने समाचारमा दावी छ । केही अखबारले कार्यकारी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रुपमा मेका डेपुटी डेभिड लिडिङटन रहेको पनि जनाएका छन् ।
प्रभावशाली मानिने अर्थमन्त्री मन्त्री फिलिप हयामण्डले मेको ब्रेक्जिट डिल जटिल रहेको र बेलायती संसद हाउस अफ कमन्सबाट पारित हुन नसक्ने स्वीकारेका छन् । उनले अहिले प्रधानमन्त्रीकै कन्जरभेटिभ नेताहरु धेरै विचलित भएकाले समाधानको नयां विकल्प चाहिरहेको पनि बताए ।
हयामण्डसहित अन्य मन्त्रीहरु मेलाई हटाउने योजनामा सक्रिय रहेको समाचारमा उल्लेख छ ।
मेको ब्रेक्जिट प्रस्ताव यसअघि दुई पटक संसदबाट अस्वीकृत भइसकेको छ भने यो साता तेश्रो पटक संसदमा पुनः मतदान हुने कार्यक्रम छ । यद्यपि, सांसदहरुबाट पर्याप्त समर्थन जुट्ने स्थिति नआए मेले मतदान नगराउन सक्ने अडकलबाजी पनि गरिएको छ । यदि संसदबाट पारित नभए ईयूले बेलायतलाई नयां योजना प्रस्ताव गर्न १२ अप्रिलसम्मको समयसीमा दिइसकेको छ । ब्रेक्जिट प्रस्ताव सांसदहरुले पारित गरे भने ब्रेक्जिट समयसीमा २९ मार्चबाट २२ मेसम्म सार्न २७ ईयू राष्ट्रका नेता सहमत भएका छन् ।
मेसंग अब चारवटामात्र विकल्प बांकी छ । पहिलो उनको ब्रेक्जिट प्रस्ताव आगामी साता पारित गर्ने, दोश्रो समयसीमा बढाउने, तेश्रो धारा ५० खारेज अर्थात ब्रेक्जिट रद्द गर्ने र चौंथो बिना सम्झौता (नो डिल) ईयूबाट बाहिरिने ।
प्रधानमन्त्री मेलाई यतिखेर चौतर्फी दबाब छ । धारा ५० खारेज गरि ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै आइतबार दिउसोसम्म ५० लाख बढि हस्ताक्षर संकलन भएको छ भने शनिबार लन्डनमा ब्रेक्जिटको दोश्रो जनमत संग्रह माग गर्दै करिब दश लाख जनाले प्रदर्शन गरेका थिए । इकान्तिपुर
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार