
पाँचौं साफ महिला फुटबल प्रतियोगिताको शुक्रवार भएको फाईनल खेलमा नेपाल विरुद्ध गोल पछि खुशी हुँदै भारतीय खेलाडी । उक्त खेलमा भारतले नेपाललाई ३१ ले पराजित गरेको थियो । तस्वीर – मनोज दाहाल, विराटनगर, रासस
विराटनगर, ८ चैत – पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ ।
विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गरी खेललाई बराबरीमा पुरयाएकी थिइन् । खेलको ६३औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गरी भारतलाई २–१ को अवस्थामा पुरयाइन् । खेलको ७८औँ मिनेटमा भारतकी अञ्जु तामाङले आफ्नो देशका लागि तेस्रो गोल गरिन् ।
नेपालले खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न सकेन । खेलमा भारतकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे । बङ्गलादेश अनुशासित टोलीका रुपमा पुरस्कृत भयो । नेपाल साफ महिला फुटबलमा चार पटक फाइनलमा पुगेको छ । शुरुआतका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी