लन्डन । प्रधानमन्त्री टेरेजा मेलाई युरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) रद्द गर्न माग गर्दै शुक्रबार सांझसम्म ३७ लाख ५९ हजार ५३० हस्ताक्षर संकलन भएको छ । धारा ५० खारेज गरि ब्रेक्जिट प्रक्रिया रद्द गर्न माग गर्दै शुरु गरिएको हस्ताक्षर अप्रत्यासित रुपमा बढेपछि संसदको वेवसाइट नै बन्द हुन पुगेको थियो ।
संसदको पिटिसन कमिटीले धारा ५० खारेज गर्न माग गरिएको पोष्ट ट्वीटरमा ट्रेन्डिङमा रहेको र एक मिनेटमा दुई हजारसम्म हस्ताक्षर संकलन भएको जनाएको छ । पिटिसन वेवसाइटका अनुसार बेलायतको राजधानी लन्डन, ब्रिस्टोल, एडिनबरा, म्यानचेस्टर, अक्सफोर्ड, क्यामब्रीज, ब्राइटन जस्ता क्षेत्रहरुबाट बढि हस्ताक्षर आएका छन् ।
एक लाख हस्ताक्षर नाघे उक्त मुद्दा संसदमा वहसमा लैजाने प्रावधान छ । यद्यपि, पिटिसन कमिटीलाई सरकारले कुनै मुद्दामा केही गर्न नसक्ने विश्वास लागे ति हस्ताक्षर अस्वीकार गर्न पनि सक्छ ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजकीय भ्रमणका लागि बेलायत आउन नदिन माग गर्दै शुरु गरिएको हस्ताक्षर १८ लाख जनाले गरेका थिए ।
धारा ५० मा कुनै सदस्य मुलुकले कसरी ईयू छाड्न सक्छन् भन्ने उल्लेख छ । धारा ५० को म्याद बढाइ ब्रेक्जिट केही पर सार्न बेलायती प्रधानमन्त्री मे ब्रसेल्समा रहंदा हस्ताक्षरको लहर बढेको हो । तर, प्रधानमन्त्रीका प्रवक्ताले धारा ५० खारेज नहुनेबारे प्रधानमन्त्री मेले धेरै पहिले नै प्रष्ट पारिसकेको जनाएका छन् । उक्त धारा खारेज गरे त्यो जनमत र प्रजातन्त्र नै असफल हुने प्रधानमन्त्रीको भनाइ उधृत गर्दै ति प्रवक्ताले बताएको बीबीसीले उल्लेख गरेको छ ।
करिब अढाइ वर्ष अघि २३ जुन, २०१६ मा भएको जनमत संग्रहमा ५१ दशमलव ८९ प्रतिशत जनताले बेलायत ईयूबाट अलग्गिनुपर्ने र ४८ दशमलव ११ प्रतिशतले ईयूमै रहनुपर्ने पक्षमा मत जाहेर गरेका थिए ।
यसैबीच, युरोपेली नेताहरु ब्रेक्जिट प्रक्रिया केही पर सार्न राजी भएका छन् । यही २९ मार्चको समयसीमा २२ मेसम्म सार्न २७ ईयू राष्ट्रका नेता बिहीबार सहमत भएका हुन् । युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले समयसीमा बढाउन सर्वसम्मत सहमति बनेको ट्वीटमार्फत जनाएका छन् । तर, यसका लागि प्रधानमन्त्री मेको बे्रक्जिट डिल बेलायतको संसदले आगामी साता पारित गर्नुपर्नेछ । यदि संसदबाट पारित नभए ईयूले १२ अप्रिलसम्मको समयसीमा दिनेछ ।
प्रधानमन्त्री मेले ब्रसेल्समा ईयू नेताहरुसंग ३० जुनसम्म ढिलाइ गर्न आग्रह गरेको समाचारमा जनाइएको छ । मेले युरोपियन काउन्सिल अध्यक्ष टस्कसंग कुराकानी गरि आफ्नो डिल संसदबाट स्वीकृत गरि कानूनका रुपमा आउन थप समय चाहिएको बताएकी थिइन् । यसअघि बेलायतको संसदले प्रधानमन्त्री मेको ब्रेक्जिट डिल दुईपटकसम्म अस्वीकृत गरिसकेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण