नयाँ दिल्ली, ६ चैत– भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् ।
यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ ।
यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयौं उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् ।
आगामी मार्च ३१ सम्म एयरलाइन्स व्यवस्थापनले कम्पनीको प्रगति, भविष्य, समाधानको विषयमा जानकारी गराएको खण्डमा मात्र आ-आफ्नो कार्य सुचारु गर्ने ‘नेसनल एभीएटर गिल्ड’का उपाध्यक्ष क्याप्टेन असिम भलिआनीलाई उद्धृत गर्दै समाचारदाताहरुले बताएका छन् ।
भारत सरकारले गत मङ्गलबार जेट एयरवेज व्यवस्थापनलाई थन्किएका विमानहरुको भविष्यको विषयमा आकस्मिक छलफलको लागि आह्वान गरेपछि यस प्रकारको परिस्थिति आएको छ ।
भारतीय यस विमान कम्पनीका पाइलट एवं अरु कर्मचारीले केही महिनादेखि तलब समेत पाएका छैनन् ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ