लन्डन । आफ्नो पछिल्लो चलचित्र ‘क्याप्टेन’ लिएर सदाबहार नायक तथा निर्माता भुवन केसी एवं उनका छोरा नायक अनमोल केसी बेलायत आउने भएका छन् । सपन इन्टरटेन्मेन्ट लि. यूकेले आगामी ६ अप्रिलमा गर्न लागेको ‘क्याप्टेन’ को यूके प्रिमियर शोका लागि केसी बाबु छोरा बेलायत आउन लागेका हुन् ।
सपन इन्टरटेन्मेन्ट लि. यूकेका निर्देशक सपन राईले प्रिन्सेस हल अल्डरसटमा प्रिमियर शो हुन लागेको जानकारी दिंदै उक्त सुपरहिट फिल्म हेरेर भरपुर मनोरन्जन लिन निमन्त्रणा गरेका छन् । उक्त अवसरमा भुवन अनमोलसंग प्रत्यक्ष साक्षात्कार गर्न र फोटो खिचाउन पाइने पनि राईले बताए । ‘बेलायतवासी नेपालीलाई गुणस्तरिय चलचित्र देखाउने उद्देश्य पनि मेरो हो’, राईले भने, ‘अचेल दर्शकहरु उत्कृष्ट सिनेमातिर आकर्षित भएकाले पनि जस्तो पायो त्यस्तो फिल्म ल्याएर यहां चल्दैन् ।’
करिब अढाइ वर्ष अघि पनि भुवन केसी आफू निर्देशित पहिलो चलचित्र ‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर शोका लागि छोरा अनमोलका साथ बेलायत आएका थिए ।
‘क्याप्टेन’ नेपालमा अहिले तेश्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । बुधबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर ‘क्याप्टेन’ हेरेका थिए । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली ‘क्याप्टेन’ हेर्न गएका हुन् ।
भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसंग आधारित छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार