लन्डन । आफ्नो पछिल्लो चलचित्र ‘क्याप्टेन’ लिएर सदाबहार नायक तथा निर्माता भुवन केसी एवं उनका छोरा नायक अनमोल केसी बेलायत आउने भएका छन् । सपन इन्टरटेन्मेन्ट लि. यूकेले आगामी ६ अप्रिलमा गर्न लागेको ‘क्याप्टेन’ को यूके प्रिमियर शोका लागि केसी बाबु छोरा बेलायत आउन लागेका हुन् ।
सपन इन्टरटेन्मेन्ट लि. यूकेका निर्देशक सपन राईले प्रिन्सेस हल अल्डरसटमा प्रिमियर शो हुन लागेको जानकारी दिंदै उक्त सुपरहिट फिल्म हेरेर भरपुर मनोरन्जन लिन निमन्त्रणा गरेका छन् । उक्त अवसरमा भुवन अनमोलसंग प्रत्यक्ष साक्षात्कार गर्न र फोटो खिचाउन पाइने पनि राईले बताए । ‘बेलायतवासी नेपालीलाई गुणस्तरिय चलचित्र देखाउने उद्देश्य पनि मेरो हो’, राईले भने, ‘अचेल दर्शकहरु उत्कृष्ट सिनेमातिर आकर्षित भएकाले पनि जस्तो पायो त्यस्तो फिल्म ल्याएर यहां चल्दैन् ।’
करिब अढाइ वर्ष अघि पनि भुवन केसी आफू निर्देशित पहिलो चलचित्र ‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर शोका लागि छोरा अनमोलका साथ बेलायत आएका थिए ।
‘क्याप्टेन’ नेपालमा अहिले तेश्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको छ । बुधबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर ‘क्याप्टेन’ हेरेका थिए । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली ‘क्याप्टेन’ हेर्न गएका हुन् ।
भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसंग आधारित छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ