काठमाडौँ, ६ – प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्नुभएको छ । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली आज साँझ उक्त चलचित्र हेर्न जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।
एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामर्थ बढाउन पनि आवश्यक रहेको देखाएको छ । मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता