
काठमाडौँ, ६ चैत – सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।
एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।
एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी