अदिस अबाबा, इथियोपिया, २९ फागुन – इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराउनुभएको छ ।
आइतबार चालकदलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रवक्ता असरत वेगासाले भन्नुभयो, “हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ । तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन ।”
यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी