लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसदमा निर्णयार्थ राखेको प्रस्ताव दोश्रो पटक पनि बहुमत सांसदहरुले अस्वीकार गरि दिएका छन् ।
यसले गर्दा १७ दिन पछि ब्रिटेन ईयूबाट बाहिरिने छ वा छैन् भन्ने बारेको अनिश्चय अरु बढेको छ ।
बेलायती संसद हाउस अफ कमन्समा मंगलबार ३९१ सांसदहरुले प्रस्तावको विपक्षमा मतदान गरे भने २४२ जना संसदहरुले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्रीकै दल कन्जरभेटिभका ७५ सांसद र अर्को सत्तारुढ दल डेमोक्रयाटिक युनियनिष्टका १० सांसदले प्रधानमन्त्री मेको विरुद्ध मत हालेका थिए ।
संसदमा हारपछि प्रधानमन्त्री मेले भनिन्, ‘सदनले आज राती गरेको निर्णयप्रति मलाई खेद छ तर हामीले युरोपेली संघसंग गरेको यो सम्झौता बेलायतको हितमा छ र वास्तवमा यो एक मात्रै बाटो हो भन्नेमा म विश्वस्त छु ।’
गत जनवरी महिनामा पनि प्रधानमन्त्री मेले राखेको प्रस्तावलाई बहुमत संसदहरुले अस्वीकार गरिदिएका थिए ।
प्रधानमन्त्री मेले अब बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा संसदमा मतदान गराइने बताएकी छिन् ।
यदि बुधबार हुने मतदानमा बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने भन्ने प्रस्ताव अस्वीकृत भएमा बिहिबार धारा ५० को म्याद बढाउने प्रस्तावमा मतदान गराइने पनि प्रधानमन्त्रीले बताएकी छन् । उनले यो विषय ब्रिटेनको भविष्यका लागि अत्यन्तै गम्भीर महत्वको भएको पनि जनाइन् ।
उनले आफ्नो दलका संसदहरुलाई बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा स्वतन्त्र रुपमा मतदान गर्न दिइने पनि बताइन् ।
धारा ५० मा कुनै सदस्य मुलुकले कसरी ईयू छाड्न सक्छन् भन्ने उल्लेख छ ।
यसैबीच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले देशमा आमचुनाव गराउन आव्हान गरेका छन् । उनले भने, ‘आजको मतदानमा पनि सरकार भारी मतले पराजित भएको छ र संसदको विश्वास गुमाएको छ । त्यसैले ताजा जनादेश लिनुको अब कुनै विकल्प छैन् ।’
ब्रेक्जिट सम्बन्धि ईयूका मुख्य वार्ताकार मिसेल बार्नियेले एक ट्वीट् गर्दै भनेका छन्, ‘ईयूले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हो । अब यो विषयलाई यूकेले मात्रै सुल्झाउन सक्छ ।’
युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कका प्रवक्ताले ‘नो डिल’ को सम्भावना बढेको बताएका छन् । ‘दुवै पक्षबीच गत नोभेम्बरमा भएको सम्झौता संसदबाट पारित गराउन बेलायत सरकार असफल भएबाट हामी निराश छौं’, टस्कका प्रवक्ताले भनेका छन्, ‘हामीले हाम्रो तर्फबाट सम्भव भएसम्म प्रयास गरयौं । तर, मंगलबार सांझको मतदान परिणामले बिना सम्झौता बाहिरिने सम्भावना बढेको छ, हामी यसका लागि तयार रहनेछौं ।’
प्रधानमन्त्री मे अन्तिम समयसम्म पनि ब्रेक्जिट डिल पारित गराउने कसरतमा लागेकी थिइन् । मेले सोमबार फ्रान्सेली शहर स्ट्रासबर्गमा युरोपेली युनियनका वरिष्ठ अधिकारीहरुसंग छलफल गरि कानुनी प्रत्याभूतिका विषयमा महत्वपूर्ण सहमति भएको बताएकी थिइन् । ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट ‘कानुनी रुपमा वाध्यकारी प्रत्याभूति’ प्राप्त भएको मेको भनाई थियो ।
पछिल्लो प्रस्तावित सम्झौतामा युरोपेली युनियनको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायती राज्य उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखिएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?