लन्डन । लन्डनमा छुरा प्रहारका घट्ना बढेपछि यसले राष्ट्रिय राजनीतिसमेत तरंगित बनेको छ । प्रहरी कटौतीका कारण छुरा अपराध बढेको भन्दै प्रधानमन्त्री टेरेजा मेमाथि चौतर्फी दवाव थोपरिएको छ ।
यस मुद्दामा बेलायती सेनाले समेत चासो देखाएको छ । प्रधानमन्त्री मेले छुरा अपराधबारे छलफल गर्न मन्त्रीहरु, समुदायका नेता, पीडित आदि सरोकारवालासंग छिट्टै आफ्नो कार्यालयमा सम्मेलन गर्ने भएकी छन् ।
ब्रिटिश रक्षामन्त्री ग्याभिन विलियमसन्ले ब्रिटेनमा चक्कु प्रहारबाट खासगरी किशोर, किशोरीको ज्यान लिने घट्नाहरु नियन्त्रण गर्न सघाउन सेना तयार रहेको बताएका छन् ।
बेलायती संसदमा मंगलबार राती भएको प्रश्नोत्तरमा बोल्दै मन्त्री विलियमसन्ले सरकारको कुनै पनि निकायलाई सघाउन रक्षा मन्त्रालय तयार रहेको बताएका हुन् ।
ब्रिटेनको गृह मन्त्रालयले रक्षा मन्त्रालयसंग अझै औपचारिक रुपमा सहयोग मागेको छैन् तर मेट्रोपोलिटन प्रहरीकी प्रमुख क्रेसिडा डिकले छुरा प्रहारका बढ्दो घटनासंग जुध्न सेनाको सहयोगका लागि आफू इच्छुक रहेको बताएकी थिइन् ।
यो वर्ष दुई महिनायता लन्डनमा छुरा प्रहारका घट्नामा २१ जनाको ज्यान गइसकेको छ जसमध्ये अधिकांश किशोर, किशोरी छन् । बुधबारमात्र पूर्वी लन्डनको लेटनमा एक युवामाथि छुरा प्रहार भएको थियो । गत फेब्रुअरीमा प्रकाशित एक तथ्यांकमा गत वर्ष इंग्ल्यान्ड र वेल्समा छुरा प्रहारबाट २८५ जनाले ज्यान गुमाएका उल्लेख छ जुन सन् १९४६ यताकै सबैभन्दा उच्च हो ।
बेलायती प्रधानमन्त्री मेले प्रहरीको संख्या कटौती र छुरा प्रहारका घट्नामा वृद्धिबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको बताएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
विगत आठ वर्ष (सन् २०१०) यता इंग्ल्यान्ड र वेल्समा २० हजार भन्दा बढि प्रहरीको संख्या कटौती गरिएको छ । टेरेजा मेले गृहमन्त्री भएर ६ वर्ष काम गर्दा बजेटसंगै प्रहरीको संख्या अत्यधिक कटौती गरिएको हो ।
मेट्रोपोलिटन प्रहरीका पूर्व प्रमुख लर्ड स्टेभेन्सले प्रधानमन्त्री मेले प्रहरीको सरोकारका विषय नसुनेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन पनि प्रधानमन्त्रीको आलोचनामा उत्रिएका छन् । छुराबाट हुने अपराध नियन्त्रणमा प्रधानमन्त्रीले पर्याप्त कदम नचालेको आरोप कोर्बिनको छ ।
लेबर पार्टीका शीर्षस्थ सदस्यहरु, लन्डन मेयर सादिक खान र स्याडो पुलिसिङ मिनिस्टर लुइज हेगले प्रधानमन्त्री मेलाई पत्र लेखी युवाबीच बढिरहेको हिंसासंग जुध्न १० हजार नयां प्रहरी अधिकृत माग गरेको बीबीसीले जनाएको छ ।
इंल्याण्डकी एक वरिष्ठ प्रहरी अधिकृतले अपराध नियन्त्रणका लागि आपतकालिन बजेट माग गरेकी छन् । नेशनल पुलिस चिफ्स काउन्सिलकी अध्यक्ष सारा थोर्नटनले बढिरहेको हिंसात्मक छुरा अपराध सामना गर्न यसलाई राष्ट्रिय संकटकालका रुपमा हेरिनुपर्ने तर्क समेत गरेकी छन् ।
तीव्र दवावबीच गृहमन्त्री सजिद जाभिदले छुरा प्रहारजस्ता अपराध नियन्त्रणमा जोड दिंदै प्रहरीले जनशक्ति तथा श्रोतबारे कुरा उठाउंदा त्यो आवाज सुन्नुपर्ने जनाएको बेलायती अखबारहरुले जनाएका छन् । कान्तिपुर
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?