लन्डन । लन्डनमा अकालमै मृत्युवरण गरेका एक युवाको पार्थिक शरीर नेपाल लैजान आर्थिक सहयोग जुटाइएको छ । साउथ इष्ट रिजनल तमुधिं लन्डनले सुतिरहेको अवस्थामा अकस्मात बितेका २९ वर्षीय लेख बहादुर रानामगरको शव नेपाल लैजान ७६६ पाउण्ड सहयोग गरेको हो ।
साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष हिराप्रसाद गुरुङले आफ्ना सदस्यहरुबाट संकलित रकम गत ३ मार्च २०१९ का दिन एक कार्यक्रमबीच तमु समाज यूके आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ तथा स्वर्गीय रानामगरका बुवा जय बहादुर रानामगरलाई हस्तान्तरण गरेका थिए । संस्थाले सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिएको छ ।
पर्वत हटिया स्थायी घर भएका जय बहादुर रानामगर र श्रीमती लोक कुमारी रानामगरको सुपुत्र लेखको गत २२ फेब्रुअरी २०१९ मा सुतिरहेको अवस्थामा अकल्पनीय देहवसान भएको परिवार श्रोतले जानकारी दिएको छ । उनी तीन महिना अगाडि मात्र आफ्नो बुवाको डिपेन्डेन्ट (आश्रित) भिजामा सुनौलो सपना बोकेर यूके आएका थिए । मगर लन्डन हयारोमा बुवा आमासंग बस्दै आएका थिए ।
रानामगरको पार्थिक शरीर नेपाल नै लैजाने परिवारको निर्णय अनुसार आर्थिक सहयोग आवश्यक परेको खबर पाएपछि साउथ इष्ट रिजनल तमुधिं लन्डनले सहयोग गरेको हो । तमु समाज यूके आमा समूहकी पूर्व अध्यक्ष श्रीमति माया गुरुङको अनुरोधपछि संस्थाले आफ्ना सदस्यहरुलाई सहयोग गर्न अपिल गरेको थियो जसको संयोजन संस्थाकी उपाध्यक्ष तथा आमा टोली अध्यक्ष श्रीमति पार्वती गुरुङले गरेकी थिइन् ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?