लन्डन । लन्डनमा अकालमै मृत्युवरण गरेका एक युवाको पार्थिक शरीर नेपाल लैजान आर्थिक सहयोग जुटाइएको छ । साउथ इष्ट रिजनल तमुधिं लन्डनले सुतिरहेको अवस्थामा अकस्मात बितेका २९ वर्षीय लेख बहादुर रानामगरको शव नेपाल लैजान ७६६ पाउण्ड सहयोग गरेको हो ।
साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष हिराप्रसाद गुरुङले आफ्ना सदस्यहरुबाट संकलित रकम गत ३ मार्च २०१९ का दिन एक कार्यक्रमबीच तमु समाज यूके आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ तथा स्वर्गीय रानामगरका बुवा जय बहादुर रानामगरलाई हस्तान्तरण गरेका थिए । संस्थाले सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिएको छ ।
पर्वत हटिया स्थायी घर भएका जय बहादुर रानामगर र श्रीमती लोक कुमारी रानामगरको सुपुत्र लेखको गत २२ फेब्रुअरी २०१९ मा सुतिरहेको अवस्थामा अकल्पनीय देहवसान भएको परिवार श्रोतले जानकारी दिएको छ । उनी तीन महिना अगाडि मात्र आफ्नो बुवाको डिपेन्डेन्ट (आश्रित) भिजामा सुनौलो सपना बोकेर यूके आएका थिए । मगर लन्डन हयारोमा बुवा आमासंग बस्दै आएका थिए ।
रानामगरको पार्थिक शरीर नेपाल नै लैजाने परिवारको निर्णय अनुसार आर्थिक सहयोग आवश्यक परेको खबर पाएपछि साउथ इष्ट रिजनल तमुधिं लन्डनले सहयोग गरेको हो । तमु समाज यूके आमा समूहकी पूर्व अध्यक्ष श्रीमति माया गुरुङको अनुरोधपछि संस्थाले आफ्ना सदस्यहरुलाई सहयोग गर्न अपिल गरेको थियो जसको संयोजन संस्थाकी उपाध्यक्ष तथा आमा टोली अध्यक्ष श्रीमति पार्वती गुरुङले गरेकी थिइन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न