लन्डन । लन्डनस्थित नेपाली दूतावासमा सोमबार नेपाली सेना दिवस एक कार्यक्रमबीच मनाइएको छ । उक्त अवसरमा प्रमुख अतिथि सशस्त्र सेना सम्बन्धि ब्रिटेनका राज्य मन्त्री मार्क लान्कस्टरले नेपाल तथा ब्रिटेनबीचको सम्बन्ध २०० वर्ष भन्दा पुरानो रहेको बताउंदै गोर्खा बाहेक अरु क्षेत्रमा पनि दुई देशबीच निकट सम्बन्ध रहेको बताए ।
कार्यक्रममा ब्रिटिश सेनाको वरियतामा दोश्रो स्थानमा रहेका लेफ्टिनेन्ट जेनरल निकोलस् आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकहरुमा नेपाल पांचौ स्थानमा रहेको थाहा पाउंदा खुशी लागेको बताउंदै बेलायत ५७ औं स्थानमा रहेको जानकारी दिए ।
उनले नेपालमा पूर्वाधार, प्रकृति संरक्षण तथा विपद व्यवस्थापनमा नेपाली सेनाले गरिरहेको कामको पनि खुलेर प्रशंसा गरेका थिए ।
अतिथिहरुलाई स्वागत गर्दै लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी तथा नेपाली सेनाका कर्णेल कुमार बहादुर थापाले नेपाली र ब्रिटिश सेनाबीच ऐतिहासिक तथा अद्वितीय सम्बन्ध रहेको बताउंदै दुवै देशबीच संयुक्त सैनिक अभ्यास, तालिम तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य भइरहेको बताए ।
सोही अवसरमा बोल्दै ब्रिटेनका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुबेदीले नेपाल तथा बेलायतबीच बहु आयामिक सम्वन्ध रहेको बताए । उनले दुई सेनाबीचको सम्वन्ध पनि अत्यन्त सुमधुर रहेको बताए । ब्रिटिश राजकुमार हयारीले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गरेको स्मरण गर्दै उनले गोर्खा सैनिकहरु दुई देश बीचको सम्वन्धको एउटा आधारको रुपमा रहेको पनि बताए ।
कार्यक्रममा यसै वर्ष ७ महिनाभित्र ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल आरोहण गर्ने तयारी गरिरहेका गोर्खा निर्मल पुर्जाले आफ्नो अभियानबारे जानकारी दिंदै सहयोग गर्न अपिल गरेका थिए । उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डनस्थित विभिन्न देशका दूतावास र हाइ मिसनका मिलिट्री अटयाचीसहित बिदेशीहरुको सहभागिता थियो । सो अवसरमा गोर्खाहरुले खुकुरी र अन्य नृत्य देखाएका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?