
लन्डन । लन्डनबाटै स्थापित गायिका सितु खरेलले दशकपछि यहां आफ्नो एकल कन्सर्ट गर्ने भएकी छिन् । नेपालका अपाङ्ग वालवालिकाको सहयोगार्थ ७ तारिख प्रिन्सेस हल, अल्डरसट र ८ मा ग्रीनफोर्ड टाउन हल, लन्डनमा कन्सर्ट हुन लागेको हो । शनिवार सांझ आयोजित पत्रकार सम्मेलनमा गायिका खरेलले क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपको लाइभ संगीतमा कन्सर्ट गर्ने जानकारी दिइन् । नेपालबाट आउने अतिथी कलाकार न्ह्यू बज्राचार्य र अर्का एक वरिष्ठ कलाकारका साथै क्रस कल्चरल ग्रुपका भोकलिष्ट गंगा थापाले केही युगल गीतमा साथ दिएपनि खरेलले करिब अढाइ घण्टा एक्लै गाउने जनाइन् । ‘मेरो आफ्नै एल्बमबाट र अन्य कालजयी गीत गाउने तयारी छ’, पत्रकारमाझ उनले भनिन् । संगीत अध्ययनका लागि विश्वप्रसिद्ध लन्डनस्थित ट्रिनिटी कलेज अफ म्युजिकबाट गायनमा चार वर्षको बीम्यूज (अनर्स डिग्री) गरेकी सितुले केही शास्त्रीय गीत समेत गाउने अपेक्षा छ ।
ब्रिटेनमा रहेर झण्डै एक दशकदेखि नेपाली गीत संगीतमा पूर्ण समर्पित गायिका खरेलको स्मारिका, सिम्रिक, परी, निर्मन, सितु र बताससंगै गरि ६ एल्बम सार्वजनिक भइसकेका छन् ।
सितुका श्रीमान् बीबीसी आवद्ध सञ्चारकर्मी सुमन खरेलले कन्सर्ट सञ्चालन गर्ने छन् । खरेलले नेपालमा अपांग वालवालिकाका लागि काम गरिरहेका तीन संस्थाहरु दयाराम महर्जनको ललितपुरस्थित डिसेबल्ड सर्भिस् एसोसिएसन, सुधा सिलवालको काभ्रेपलाञ्चोकस्थित सुस्तमनस्थिति पुनस्र्थापना केन्द्र र विमला श्रेष्ठको सुस्तमनस्थिति सेवा केन्द्र, टांडीको सहयोगार्थ कन्सर्ट गर्न लागिएको जनाए ।
‘उल्लेखित तीन संस्था र अन्य केही संस्थालाई सहयोग पुर्याउन कन्सर्ट खर्चपछि दश हजार पाउण्ड जुटाउने उद्देश्य छ’, उनले भने । खरेल दम्पत्तिकी ज्येष्ठ छोरी स्मारिका सुस्तमनस्थितिकी भएकीले उनीहरुको कन्सर्ट नेपालका त्यस्तै वालवालिकाको सहयोगमा समर्पित देखिन्छ ।
सन् २००४ मा लन्डनमा पहिलो कन्सर्ट गरेकी सितुको दशकपछि हुने यो कन्सर्ट विशुद्ध सांगीतिक च्यारिटीका रुपमा हुनेछ । लाइभ म्यूजिक दिने क्रस् कल्चरल ग्लोवल म्यूजिकल ग्रुपका संगीतकर्मी कंगो, वेल्स्, अमेरिकी र नेपाली नागरिक भएकाले संगीतमा नौलोपन आउने अपेक्षा समेत छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श