लन्डन । नियम कानुन ख्याल नगर्दा बेलायतस्थित नेपाली व्यवसायले संकट भोगेका छन् । विशेष गरि हेल्थ एण्ड सेफ्टी र फुड हाइजिन स्ट्याण्डर्ड पालना नगर्दा व्यवसायीले चेतावनीमात्र होइन, जरिवानासहित बन्दकै मार खेप्नु परेको छ ।
करिब डेढ वर्ष अघि एक लाख दश हजार पाउण्डमा किनेको टेक वे रेष्टुरेन्टमा इलिङ काउन्सिल पदाधिकारीले साङ्ला भेटेपछि एक साता बन्द भएर अदालतमा केस पर्यो । पहिला साताको झण्डै ६ हजार पांचसय पाउण्ड आम्दानी हुने उक्त रेष्टुरेन्टमा पछि साताको दुई हजार ५ सय पाउण्डमात्र हुन थालेपछि मालिकले रेष्टुरेन्ट ४० हजार पाउण्डमा बेच्न वाध्य भए ।
नेपलिज क्याटरिङ एसोसिएसन यूकेका अध्यक्ष एवं रेष्टुरेन्ट व्यवसायी विजय थापाले फुड हाइजिन रेष्टुरेन्टले ख्याल गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाटो भएको उल्लेख गरे ।
‘पहिले पहिले भन्दा त नेपाली व्यवसायी अहिले बढि सचेत भएका छन्’, थापाले भने, ‘तर, नयां व्यवसायीहरु कानुनबारे हेक्का नराख्दा अप्ठेरोमा परेको पाइएको छ ।’
थापाले भोज भतेरतिर खाना सप्लाइ गर्दा निम्तालु विरामी परेर चेतावनीसहित जरिवाना परेको, मुसा वा साङ्ला भेटिएर रेष्टुरेन्ट तत्काल बन्द गराइएका जस्ता उदाहरण धेरै सुनेका छन् । ग्राहकहरु ‘हेल्थ कन्सस्’ भएकाले फुड हाइजिन रेटिङ कम हुने वित्तिकै ग्राहक स्वात्तै घट्ने पाका व्यवसायी ध्रुव केसीको अनुभव छ ।
रसमोर बरो काउन्सिलले केही साताअघि अल्डरसोटमा नेपाली व्यवसायीबाट सञ्चालित पद्मश्री ज्वेलर्सलाई हेल्थ एण्ड सेफ्टी नियम पुरा नगरेको भन्दै सचेतपत्र पठाएको छ । काउन्सिलले उक्त गहना पसलको मक्किएको सिलिङमा स्वास्थ्यका लागि घातक ठानिने वस्तु (नबल्ने एक खनिज पदार्थ) महिनादिनभित्र हटाउन गत अक्टोबर २९ मै अनुरोधात्मक पत्र पठाएपनि ज्वेलर्सले डिसेम्बर २२ सम्म पनि कार्यान्वयन नगरेपछि सचेतपत्र दिइएको हो । काउन्सिलले मालिक श्याम रिसालको नाममा गत जनवरी ७ मा एक औपचारिक सचेतपत्र जारी गरेको हो ।
काउन्सिल सम्वद्ध स्वास्थ्य अधिकारीहरुले गत वर्ष जुनमा समेत भवनको निरिक्षण गरेका थिए । उक्त निरिक्षणका बेला पुरानो भवनमा त्यस्तो पदार्थ आउने भएकाले चनाखो रहन भनिएको थियो ।
त्यस्तो वस्तु मक्किंदै गएपछि त्यसबाट निस्कने स साना फाइवर हावामा मिसिएर मानिसमा श्वासप्रश्वास सम्वन्धि रोग लाग्ने प्रवल सम्भावना रहन्छ । काउन्सिलका हेल्थ एण्ड सेफ्टी प्रमुख अधिकृत रोजर स्यान्डर्सले बेलायतमा यसबाट वर्षेनी ५ हजार कामदारको ज्यान जाने (सडक दुर्घटना भन्दा बढि) गरेको बताए । काउन्सिल आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने कुरामा सम्झौता गर्न नसक्ने समेत उनको टिप्पणी छ ।
गत सेप्टेम्बरमा अल्डरसोटकै भिक्टोरिया रोडस्थित नेपालीको फेवा स्टोर्सलाई फुड हाइजिन स्ट्याण्डर्ड पुरा गर्न नसकेकोमा काउन्सिलले जिरो रेटिङ दिंदै तत्काल सुधार आवश्यक रहेकोबारे सचेत गराएको थियो । उक्त स्टोर्सको मासु काट्ने ठाउं र प्रयोग गरिने सामाग्री ज्यादै फोहोर पाइएका थिए ।
फुड स्ट्याण्डर्डस् एजेन्सी नेशनल फुड हाइजिन रेटिङ स्किमका अनुसार, रसमोरकै फार्नवोरोमा सञ्चालित नेपालीका व्यवसायहरु द एभरेष्ट तन्दुरी, हिमालयन स्टोर्स र नमस्ते सुपरमार्टले पनि कानुन पालना गर्न अक्षम हुंदा जम्मा एक रेटिङ पाएका थिए । काउन्सिलको निरिक्षणमा फुड हाइजिन स्ट्याण्डर्ड पुरा गर्ने कम्पनीलाई सबैभन्दा बढि ५ रेटिङ दिइन्छ ।
कुनै कम्पनीले गैर कानुनी कामदार राखे अहिले जनही बीस हजार पाउण्ड जरिवाना दिनुपर्ने अध्यागमन नियम छ । पटक पटक गल्ती दोहोर्याए ‘रिपिटेड अफेन्स्’ वापत जरिवाना र ६ महिना सम्म जेल हुन सक्ने स्पेस इन्टरनेशनलका अध्यागमन सल्लाहकार विष्णु खरेलले जनाए ।
व्यापार व्यवसाय गर्नेलाई कानुन थाहा भएपनि काउन्सिल कर्मचारी छड्के निरिक्षणमा आउने भएकाले कहिलेकाहीं उनीहरु झुक्किने कतिपयको विश्वास छ । रेष्टुरेन्ट व्यवसायीले फुड एण्ड हाइजिन, अध्यागमन नियम पालना र भिएटी जस्ता तीन कुरालाई प्राथमिकता दिनुपर्ने बताउंछन् फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टका प्रोप्राइटर सूर्य गुरुङ । अचेल काउन्सिलले फुड एण्ड
हाइजिन निरिक्षणपछि रेटिङ वेवसाइटमा राखिदिने भएकाले ग्राहकले आफू जाने रेष्टुरेन्ट कति रेटिङमा छ थाहा पाउने हुंदा सचेत भइरहन जरुरी देख्छन् उनी ।
ब्रिटिश करि अवार्डले मनोनयन र अवार्ड जित्न न्यूनतम ४ रेटिङ हुनु पर्ने शर्त राखेको जनाउंदै गुरुङ आफैंले स्ट्याण्डर्ड मेन्टेन्ट गरेन भने व्यवसाय डुब्न सक्ने औंल्याउंछन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं