इस्लामाबाद, ६ फागुन – साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ ।
साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित हुनुभएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुग्नु भएको हो । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ ।”
खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसक्नु भएको छ ।
साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गर्नुभएको थियो ।
राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ । भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन् ।
पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ । भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ ।
साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत जानु हुनेछ । भारतमा राजकुमार सल्मानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नु हुनेछ ।
त्यसपछि उहाँ चीनको दुई दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नु हुनेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार