मस्को, १ फागुन – संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
उहाँले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गर्नुभएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिनुभएको हो ।
उक्त कुराको जानकारी रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।
रुसी विदेशमन्त्री लाभरोभले उक्त फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तरराष्ट्रिय कानुन उल्लङ्घनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिनुभएको छ ।
गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले हुवाँ गुएइदोलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको उहाँको दाबी छ ।
पनि यहाँका राष्ट्रपति निकोलस मडुरोले आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउदै आउनुभएको छ ।
यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मडुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन् । उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका छन् ।
पनि राष्ट्रपति मडुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान कमै मात्र गरिएको छ ।
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ र उता गुएइदोले भने राष्ट्रपति मडुरोलाई अवैध दाबी गर्दै आउनुभएको छ ।
उहाँले गत महिनामात्र आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गर्नुभएको थियो । उहाँको यो कदमलाई अमेरिका र अरु केही विदेशीले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी