
राजदूत सुवेदी
लन्डन । नेपाल सरकारको आधिकारिक निकाय दूतावासको नेतृत्व गरिरहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदी ‘नेपाल भ्रमण बर्ष २०२०’ को उच्चस्तरीय मूल समिति यूकेको अध्यक्ष बनेका छन् । समितिको अध्यक्ष भएपछि कर्मचारीको नेतृत्व गरिरहेका राजदूत सुवेदी अव राजनीतिक नेता जस्तै डायस्पोराका नेपालीका नयाँ नेताका रुपमा उदाएका छन् । आफुलाई कर्मचारी नेतृत्वबाट डायस्पोराका नेपालीको नेता घोषणा गर्न पर्यटन बोर्डका एक जना बरिष्ठ निर्देशक आदित्य बराल स्टेजमा उभ्याइए ।
राजदूत सुवेदीले तयार पारेको ‘ड्राफ्ट’ बाचन गर्न दूतावासको सभाहलमा उभिएका बरिष्ठ निर्देशक बरालले महामहिमलाई समितिको अध्यक्ष र उनकै दोस्रो बरियतामा रहेका उपनियोग प्रमुख शरदराज आरणलाई सदस्य सचिव घोषणा गरे । एक लाख बेलायती पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित तयार गरिएको महत्वकाक्षी कार्यक्रममा राजदूत सुवेदीले सन् २०२० मा गरिने कार्यक्रमका खाका भने प्रस्तुत गरेनन् । आफू मूल समितिको अध्यक्ष भएका सुवेदीले पर्यटन कसरी नेपाल लैजाने भनेर विस्तृत विवरण उपस्थित सामु प्रस्तुत गरेनन् ।
बरु स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डसहित बेलायतभरबाट निमन्त्रणा मान्न आएका डायस्पोराका नेपालीलाई खाना खुवाएर पठाए । दूतावासको भात खान र राजदूत अध्यक्ष भएको सुन्न भन्दा पनि सन् २०२० मा बेलायती पर्यटक भित्रयाउने योजना सुन्न आएकाहरु निरास भए । आफू पनि समितिमा परिन्छ कि भनेर आस गरेका केही पदका लोभी पनि निराश भए । सवैको नेताका रुपमा आफूलाई स्थापित गर्न राजदूत तथा मूल समिति अध्यक्ष सुवेदीले केही नाम चलेका संघसंस्थासहित सवैका अध्यक्षलाई पदेन सदस्यको पद बांडे । पर्यटनमन्त्री रविन्द्र अधिकारी समक्ष त्यो घोषणा गराउने पूर्वयोजना वाइडबडी प्रकरणले सफल हुन सकेन । बेलायतका लागि आवेदन गरिएको भिजा रद्द भएपछि दोस्रो पटक मन्त्री अधिकारीले ‘भिजा’ प्रक्रिया अघि बढाएनन् । बेलायती सांसद विरेन्द्र शर्मालाई प्रमुख अतिथिका रुपमा स्टेजमा राखे पनि बरिष्ठ निर्देशक बराललाई राजदूत सुवेदीले उभ्याएका थिए ।
एउटा राजदूतले नेपाल भ्रमण जस्तो सरकारको ठूलो योजनाको नेतृत्व लिनु राम्रो र सकारात्मक कदम हो । तर, राजदूतका रुपमा निर्वाह गरिरहेको भूमिका भन्दा उच्चस्तरीय मुल समिति अध्यक्षको के फरक भूमिका हुन्छ भन्ने कुरामा धेरैको जिज्ञासा छ । डायस्पोराका सवै संस्थालाई आफ्नो अण्डरमा राख्न पाएर हौसिएका राजदूत सुवेदीले आफ्नो भूमिकाकै कारण नेपाल जाने बेलायती पर्यटकको संख्या ह्वात्तै बढेको दावी गर्न भ्याए । डा. सुवेदी राजदूत भएर आउँदा २९ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१६ मा ४६ हजार २०१७ मा ५१ हजार र सन् २०१८ सालमा ६३ हजार पर्यटक बेलायतबाट नेपाल पठाइ उच्चतम अभिबृद्धि गरिएको दावी गरे । सन् २०१५ मा नेपालमा भूकम्प भएपछि पर्यटकमा संख्यामा निकै कमि आएको थियो ।
‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म एक लाख पर्यटक नेपाल भित्रियाउने राजदूतले लक्ष्य सुनाए । त्यसका लागि आफ्नो योजना भन्दा पनि विभिन्न पदका लागि भर्ना समेत खुलाएका छन् । त्यो पदका लागि इमेल मार्फत दरखास्त हाल्न आव्हान समेत गरेका छन् । त्यसका कामको जिम्मा सदस्य सचिवमा दुतावासकै उपनियोग प्रमुख शरदराज आरणले पाएका छन् । अव कस कसले नियुक्ती पाउने हुन् त्यसका लागि केही साता कुर्नु पर्ला । होससेलमा घोषणा गरेको कार्यक्रमले नेपाल सरकारले लक्ष्य पुरा गर्ने हो की सन् २०१९ मा राजदूत सुवेदीको सकिन लागेको कार्यकाललाई थप्ने बहाना मात्र बन्ने हो त्यो भने हेर्न वाँकी छ ।
गत सन् २०१६ मा उनले राजदूत पदको कार्यभार सम्हाल्दा बेलायतका प्रधानमन्त्री स्तरको भ्रमण र बेलायतबाट नेपाल सिधा हवाई उडान गराउने योजना पत्रकार भेटघाटमा सार्वजनिक गरेका थिए । दुवै काममा उनले सफलता हात पार्न भने सकेका छैनन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’