लन्डन । हुन त म त्यस्तो समाजसेवी पनि होइन् । न व्यापारी हुं हरेक इभेन्ट्स र अप्ठेरोमा पैसा दिंदै हिंड्ने । न मैले च्यारिटीमा यति दिन्छु भनेर कबोल गरें, न उधारो राखें । एउटा सानो अनुभव बांड्न मात्र केही शब्द कोरेको छु पाठकहरुसमक्ष ।
गत वर्ष नोभेम्बरमा एउटा समाचारले मेरो दिमागलाई एक किसिमको बेचैन बनायो । मातृभूमि त्यस माथि आफ्नै गृह जिल्ला स्याङजाको समाचार । चापाकोट नगरपालिका वडा नम्बर १० निवासी साथी दया भण्डारीको तीन वर्षीय छोरा श्रीधर भण्डारीलाई ब्लड क्यान्सर भएछ । यति सानो उमेरमा ब्लड क्यान्सर त्यो पनि गरिवीमा संघर्ष गरिरहेका भण्डारी परिवारलाई । एकछिन त्यो नाबालकलाई सम्झेर दिमागमा चक्कर आयो । वेम्ली एरिनाको आउट लेटमा छोरीलाई सपिङ गर्दै थिएं । एक्कासी चक्कर लागे जस्तो भयो र भुर्इंमा थचक्क बसें । एकछिन घोरिएं, छोरीलाई सपिङ नगरि घर फर्कें । मेरो बाल्यकालको स्याङ्जाली साथीको पीडामा कसरी सहयोगी बन्न सक्छु आफ्नै मनसंग जिज्ञासा राखें ।
यथार्थ के हो बुझ्नु परयो भनेर साथी दयासंग ब्लड क्यान्सरबाट पीडित श्रीधर भण्डारीको उपचारार्थ लाग्ने रकम बुझें । करिब ६० लाख रुपैंयां अनुमानित खर्च सुनें । भगवानले पनि किन यस्तो गरीव परिवारलाई पीडा दिएका होलान् भनेर चिन्तित भएं ।
यस्तै कुरा मनमा खेल्दै थियो, त्यति नै बेला यूकेमै रहेको एक साथीले फोन गरयो । मैले पनि समस्या शेयर गरें । उसले सानो च्यारिटीका लागि सुझाएं । दया भण्डारीको आर्थिक स्थितिबारे मलाई राम्रो जानकारी थियो । एउटा राम्रो साथीका लागि मैले जे सक्छु त्यही गर्छु त्यो सानो होस् वा ठूलो रकम । अघि बढ्ने निधो गरें ।
अनि साथीहरु र आफन्तसंग सहयोगको याचना गर्न सुरु गरें । यो कार्य सुरु गर्दा मलाई धेरै सोच्नुपरयो । ठूला ठूला च्यारिटी गरेको मैलै सुनेको थिएं । तर, यति सानो च्यारिटी म आफैंले गर्न लागेको पहिलो पटक थियो । सहयोगका लागि मुख खोलिसकेपछि अपमानित हुनु पर्छ कि भनेर धेरै सतायो । तरपनि जे होला भनेर अघि बढें । यस क्रममा वर्षौंदेखि नजिक रहेका साथीहरुले पनि सहयोग गर्न हिच्किचाए । बरु सामान्य चिनजान भएका साथीहरुले एक वचनमै सहयोगको हात फैलाए । औपचारिक चिनजान हुनु र व्यवहार गर्नुमा आकाश जमिनको फरक रहेछ भन्ने कुरा मैले करिब १० वर्षको बेलायत बसाईमा लिन नसकेको ज्ञान सानो च्यारिटीले मलाई दिलायो ।
विदेशी रकममा हरेको श्रम परेको हुन्छ । म आफैं पनि श्रमिक भएको हुनाले त्यो मूल्य मलाई थाहा छ । विदेशमा कामको सम्मान गर्नुपर्छ भन्ने ज्ञान मैले यहाँ आएदेखि नै सिकेको छु । ज जसले त्यो बालकको स्वास्थ्यलाभका लागि सहयोग गर्नुभयो । ति सबै धन्यवादका पात्र छन् । म यहां एक दुई जनाको नाम लेख्न सक्दिन । मैले थालेको सामाजिक कार्यमा हातमा हात मिलाउने सबैप्रति म नमन गर्न चाहन्छु । सबै धन्यवादका पात्र छन् । तपाईंहरुको साथले नै ५ सय पाउण्ड उठाउन सफल भएं । त्यो रकम धेरै त होइन तर पनि मैले मेरो ठाउंबाट सक्ने सहयोग गरें । त्यसमा म निकै सन्तुष्ट छु । यो रकमले श्रीधर भण्डारीको उपचारमा केही राहत मिलोस् र आउंदा दिनहरुमा पनि मैले आफ्नो ठाउंबाट सहयोग गर्न सक्दो प्रयासरत रहिरहने छु ।
नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार गराइरहेका श्रीधर भण्डारीको उपचार सफल होस् । करिब साढे तीन वर्षको अस्पताल बसाई र रकम जुटाउन भण्डारी परिवार सफल हुनुहोस् भन्ने मेरो शुभकामना छ । भण्डारीलाई सहयोग गर्न चाहनु हुन्छ भने उनको बैंक खातामा सिधा पैसा जम्मा गर्न अनुरोध छ ।
आर्थिक सहयोगका लागि श्रीधरका बुबा दया भण्डारीको नाममा रहेको मेघा बैंक नेपालको खाता नं- 0320050052542
सम्पर्कको लागि
बुबा- दया भण्डारी ९८४९११८२३६
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न