काठमाडौँ, २४ माघ – विश्व फुटबल महासङ्घ (फिफा) ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औँ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो ।
वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७ औँ स्थानमा थियो । त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन् ।
केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा माथि उक्लिएको छ । यसअघि ९३ औँ स्थानमा रहेको कतारले कतारले ३८ स्थान सुधार गर्दै विश्व वरियतामा ५५ औँ स्थानमा उक्लिएको छ ।
विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम शीर्ष स्थानमा कायमै छ । त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र १० औँ स्थानमा डेनमार्क रहेका छन् । अर्जेन्टिना भने ११ औँ स्थानमा छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ