
अबुधाबी, २२ माघ – अरब मुस्लिम राष्ट्र ‘युनाइटेड अरब इमिरेट्स’ को अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ । रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला भए ।
जायाद स्पोर्ट्स सीटी रङ्गशालामा प्रवेश गर्नुहुँदा पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए । उहाँ रङ्गशालामा प्रवेश गर्दा मोटरमा सवार हुनुहुन्थ्यो ।
युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो । साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो । तर ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको छ । अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ । सबै धर्मप्रति युएई उदार मानिएको छ ।
फ्रान्सिसले मङ्गलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै हुनुहुन्छ । पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गर्नुभएको छ ।
रङ्गशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरुले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए । उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए ।
झण्डै एक लाख २० हजार अरु रङ्गशाला बाहिर भेला भएका थिए । उनीहरुले भिडियो सेवाबाट रङ्गशाला भित्रका गतिविधि हेरेका थिए ।
युएईले “सहिष्णुता वर्ष २०१९” को अवसर पारेर पोप फ्रान्सिसलाई आफ्नो मुलुकको भ्रमणमा निम्त्याएको हो । सहिष्णुता मन्त्री शेख नाहयान बीन मुबारकले पोप फ्रान्सिस रङ्गशालामा प्रवेश गर्नुअघि उपस्थित धर्मावलम्बीलाई स्वागत गर्नुभएको थियो ।
पोप फ्रान्सिसको भ्रमणलाई फिलिपिनी र भारतीय समेत युएईमा रहेका आप्रवासी क्याथोलिक समुदायले स्वागत गरेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार