काठमाडौँ, २० माघ – संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।
दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । वर्षाका कारण खेल १० ओभरमा झारिएको थियो । एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई-दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई-दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक-एक विकेट लिए । यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।
काठमाडौँ, २० माघ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिनुभएको हो ।
अध्यक्ष दाहालले खेलाडीलाई बधाई ज्ञापन गर्दे विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला