वासिङ्टन, संयुक्त राज्य अमेरिका, १९ माघ – वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् ।
वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवम् व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ ।
चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग छलफल गरेपछि वातावरण सकारात्मक एवम् महत्वपूर्ण बनेको भन्दै अर्को चरणको लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुवै समूहले सहमति जनाएका छन् ।
वार्ता सकारात्मक देखिएपछि बिहीबार नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ टोली नेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गर्नुभएको छ ।
कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने सहमतिबाट सम्भव भएको हो ।
अजेन्टिनामा दुई देशका नेताले दुबै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्भौता गरी व्यापार विवाद टुङ्ग्याउने सहमति भए अनुरूप नै वार्ता अघि बढेको हो ।
महत्वपूर्ण प्रगति
दुइ दिने लामो वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रबिधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही बिषयमा पनि छलफल गरिएको छ । अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हाँसिल गरेको चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ ।
दुवै समूहले दुईपक्षीय व्यापारमा थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन् ।
चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, उर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा बिस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ ।
दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीररूपमा सम्बोधन गर्ने बताइएको छ ।
वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएको छ । दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ । टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने बिषयमा सहमति जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउँदै चीन–अमेरिकाबीचको सम्बन्ध जटिल मोडमा रहेको बताएको पनि चिनियाँ टोली नेताले सञ्चारकर्मीलाई जानकारी गराउनुभएको छ ।
सन्देशमा सीले चीन सहकार्य, समन्वय र स्थायित्वका लागि अर्जेन्टिना सहमतिमा अडिक रहने जनाएका बताइएको थियो ।
‘हामीले गरेका सहमति अनुसार दुवै पक्षका आर्थिक समूहले गहन छलफललाई अघि बढाएका छन् र यसबाट सकारात्मक प्रगति भइरहेको छ’- सीको सन्देशमा भनिएको छ ।
त्यसैगरी भेटमा ट्रम्पले पनि व्यापार विवादबारे आफूले महत्वपूर्ण प्रगति भएको देखेको बताएका उप–प्रधानमन्त्री तथा वार्ता टोलीका नेता लिउले उल्लेख गर्नुभएको छ । उहाँले अमेरिका–चीन सम्बन्ध सधै मजबुत रहने र दुई राष्ट्रप्रमुखको अगुवाईमा अघि बढ्ने बताउनुभएको थियो ।
“उक्त समय अमेरिकी राष्ट्रपतिले तत्कालै अर्थात् मध्य फेब्रुवरीसम्म अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइथिजर र ट्रेजरी सेक्रेटरी स्टेभेन मनुचिनको नेतृत्वमा एक टोली चीन पठाइने छ जसले परामर्शलाई थप गति दिनेछ,” ट्रम्पले लिउसँग बताउनुभयो ।
चीनबारे प्रसिद्ध अमेरिकी विज्ञ रोबर्ट कुहनले सी र ट्रम्पले व्यापार विवाद मिलाउन सक्रिय नेतृत्व गरिरहेको बताउनुभयो ।
“वार्ता साँच्चै दुवै पक्षको विजयको सहमतिका लागि अग्रसर बनेको र चीन,अमेरिका र समग्र विश्वका लागि महत्वपूर्ण उपलब्धीउन्मुख रहेको छ,” उहाँले सिन्ह्वा न्यूज एजेन्सीसँगको अन्तर्वार्तामा बताउनुभयो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप