बेइजिङ, चीन, १७ माघ – अमेरिकालाई अरूको प्रबिधि विकास र प्रगतिमा खुला तथा समावेशी दृष्टिकोण राख्न चीनले अमेरिकालाई आग्रह गरेको छ ।
संयुक्त राज्य अमेरिका विश्वको एक नम्बर प्राविधिक शक्ति हो तर उसले आफ्नो मात्रै विकासलाई फैलाउने र अन्य मुलुकको प्रगतिका लागि स्थान नदिने गर्न नहुने चीनका विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले नियमित पत्रकार भेटमा बिहीबार बताउनुभयो ।
सुवाङको उक्त प्रतिक्रिया चीन–अमेरिकाबीच व्यापारबारे वासिङटनमा वार्ता चलिरहेकै समय अमेरिकी सिनेट सेलेक्ट कमिटि अन इन्टिलिजेन्सका उपप्रमुख मार्क वार्नर तथा सिनेटमा अल्पसङ्ख्यक समुदायका नेता चाल्र्स स्कुमरले चीनलाई प्रविधिमा बौद्धिक चोरी गरेको अमेरिकी आरोपपछि आएको हो ।
अमेरिकाले अन्य मुलुकमाथि प्रबिधि विकास र प्रगतिमा जानीजानी गलत आरोप लगाउनु अविवेकी काम हो, प्रवक्ता गेङले भन्नुभयो ।
“चीनको प्राबिधिक विकास चोरेर वा लुटेर आएको होइन, तर चिनियाँ जनता र वैज्ञानिकको कडा मेहनत र ज्ञानको उपज हो,” उहाँले सञ्चारकमीसँगको कुराकानीमा बताउनुभयो ।
प्रतिस्पर्धा बजार अर्थतन्त्रको प्रतिस्पर्धाको महत्वपूर्ण विशेषता भएको बताउँदै गेङले अमेरिकालाई बढी बस्तुगत एवम् सहीरूपमा हेर्न र सम्झौताबाट अघि बढ्न आग्रह गर्नुभयो ।
चीन र अमेरिकाबीचको प्राविधिक क्षेत्रमा प्रतिस्पर्धात्मक अस्तित्व स्वीकार गर्नु विल्कुल सामान्य कुरा हो, गेङले भन्नुभयो, जतिवेलासम्म यो स्वच्छ र नियममा आधारित बन्छ यस्तो प्रतिस्पर्धा प्रबिधि विकासमा चीन र अमेरिकाका साथै समग्र विश्वका लागि उपकारी हुन्छ ।
“चीनले अमेरिकासँग प्रबिधि क्षेत्रका अनुभव आदानप्रदान तथा थप सहकार्यका लागि मिलेर काम गर्न तयार रहेको र यो दुबै मुलुकसँगै समग्र विश्वको हितमा हुनेछ,” उहाँले भन्नुभयो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी