
नर्थ डकोटाको बिसमार्क सिटी हिउंले ढाकिएपछि सफा गरिंदै । यहां -33 डिग्री तापक्रम पुगेको बताइएको छ । तस्विर एपी
सिकागो, १७ माघ – अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् ।
हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो ।
अमेरिकी सञ्चार माध्यमहरुले अत्यधिक चिसोका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएका छन् । आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ ।
चिसोकै कारण अभूतपूर्व दृश्यहरु जताततै देखिएका छन् । जस्तै, मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ ।
अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ । सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ, र यो अझ तल झर्ने अनुमान गरिएको छ ।
“यो चिसो ऐतिहासिक छ,” सिकागोका मेयर राहम इमानुएलले बताउनुभयो । “यो चिसोले ज्यानै लिन सक्दछ, र त्यही अनुसार सम्पूर्ण बन्तोबस्त गरिनु आवश्यक छ ।”
विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ ।
यहाँको तापक्रम अलास्काको राजधानीको भन्दा बढी छ र अन्टार्कटिका भन्दा यहाँ बढी चिसो छ ।
“यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,” लियोन गिल्बर्टले बताउनुभयो- “मेरो छाला नै गाँठो परेजस्तो भएको छ ।”
स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सक्नुभएन । “अरु दिनभन्दा ढिलो अर्थात् विहान ५ बजे पसल खोल्न पुगें । मैले दुईवटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो । अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तैपनि मलाई चिसो अनुभव भइरहेको थियो,” उहाँले भन्नुभयो ।
सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दा बढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नु परेको छ ।
अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ ।
अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ ।
इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपायहरु घोषणा गरिएको छ । मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालयहरु बिहीबारसम्म बन्द रहने घोषणा गर्नुभएको छ । अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी