क्वीयाङ, चीन, १६ माघ – दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् ।
बुधबार प्रान्तीय सरकारको बार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, चीन सरकार र राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियान अन्तर्गत सन् २०१९ मा गरीब जनतालाई सुगम वस्तीमा ल्याएर उनीहरूलाई सार्वजनिक सेवा, रोजगारीमुलक तालीम दिइने छ । स्थानीय सरकारले कम्तिमा परिवारका एक जनालाई रोजगारी पनि दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
उनीहरूलाई स्थानान्तर गरेर राखिने वस्तीमा उनीहरूको पढाइका लागि विद्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य केन्द्र वा औषधी उपचार केन्द्र पनि स्थापना गरिने छ जसका कारण उनीहरूको शिक्षा तथा स्वास्थ्यको लागि सहज व्यवस्था हुनेछ, प्रान्तीय अधिकारीले बताए ।
चीनको अति गरिब मानिसहरू रहेको क्वीचो प्रान्तले १३ औँ पाँच बर्षे योजना अन्तर्गत सन् २०१६ देखि २०२० सम्ममा १८ लाख ८० हजार गरिब नागरिकलाई गरिबीको रेखाभन्दा माथि उठाउने प्रयास अन्तर्गत यो कार्यक्रम तय गरिएको बताइएको छ ।
स्थानान्तरणमार्फत गरिबी निवारण गर्ने कार्यक्रम चीन सरकारले विगत केही बर्षदेखि ‘प्रमुख अभियान’का रूपमा चलाएको छ । यो कार्यक्रमले चीनलाई छोटो समयमा धेरै नागरिकलाई गरिबीबाट मुक्त गर्न सम्भव भएको अधिकारीहरूले बताएका छन् ।
चीनले सन् २०२० सम्म मध्यमरूपको समृद्ध समाज निर्माण गर्ने र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी