वासिङटन, ६ माघ (रासस/एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव गर्नुभएको छ । तर, उक्त प्रस्तावलाई विपक्षी डेमोक्रयाट पार्टीले ठाडै अस्वीकार गरेको छ ।
राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्रयाट पार्टीबीच मेक्सिको सीमामा पर्खाल निर्माणको बजेटलाई लिएर सहमति नबनेका कारण अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएको २९ दिन भइसकेको छ । र, विवाद तत्कालै सुल्झिने कुनै सङ्केत नदेखिएका कारण सङ्घीय कार्यालयहरु अझ लामो समयसम्म बन्द हुने सम्भावना बढेको छ ।
ह्वाइट हाउसबाट गरिएको टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले खासगरी दुई किसिमका आप्रवासीलाई तत्काल स्वदेश नफर्काइने प्रस्ताव गर्नुभएको थियो ।
पहिलो श्रेणीमा संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिएका मानिसका करिब सात लाख बालबालिका रहेका छन् । यी बालबालिकाप्रति डेमोक्रयाट पार्टीले आवाज उठाउँदै आएको छ । साथै, संरक्षित व्यक्तिको सूचीमा परेका तर म्याद गुज्रेका करिब तीन लाख आप्रवासी दोस्रो श्रेणीमा रहेका छन् ।
राष्ट्रपति ट्रम्पले यी सबै अर्थात करिब १० लाख आप्रवासीलाई तत्कालै स्वदेश नफर्काउने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले यी छुटहरुले अमेरिकी आप्रवासन नीतिमा सुधारका लागि परस्पर विश्वास निर्माण गर्न सघाउने बताउनुभएको छ ।
यसको बदलामा, ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्न कङ्ग्रेस समक्ष करिब ६ अर्ब अमेरिकी डलर पारित गर्न तयार हुनुपर्ने अडान राख्नुभएको छ । तर, विपक्षी डेमोक्रयाट पार्टीले पटकपटक उक्त प्रस्ताव अस्वीकार गरिआएका छन् ।
राष्ट्रपतिले आपतकालीन मानवीय सहायताका लागि ८० करोड अमेरिकी डलर र सीमा सुरक्षा कार्यालयमा लागूऔषध पत्ता लगाउने अत्याधुनिक उपकरण जडान गर्न ८० करोड ५० लाख डलर पनि माग गर्नुभएको छ ।
डेमोक्रयाटले भने राष्ट्रपतिको प्रस्तावलाई अस्वीकार गरेको छ । राष्ट्रपतिले सन्देश सार्वजनिक गर्नुअघि नै ह्वाइट हाउसबाट उक्त सन्देश बाहिर आएको थियो ।
“उहाँको प्रस्ताव पहिल्यै अस्वीकृत कार्यक्रमहरुको सङ्गालो मात्र हो, र यी प्रत्येक प्रस्ताव अस्वीकार्य छन्,” डेमोक्रयाटिक पार्टीकी नेतृ एवं सभामुख न्यान्सी पेलोसीले बताउनुभयो- “यी प्रस्तावको केही अर्थ छैन ।”
अमेरिकी सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक सुमरले आप्रवासीका सम्बन्धमा राष्ट्रपतिले पहिल्यै ठूलो भूल गरिसकेको सन्दर्भमा अहिलेको प्रस्ताव पनि देखावटी मात्र हो भन्नुभयो ।
सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले भने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रस्ताव सरकारी कार्यालयहरु खोल्न, सीमाको सुरक्षा गर्न र हालका आप्रवासी मुद्दाहरुलाई सम्बोधन गर्नेतर्फ राजनीतिक सहमति जुटाउन महत्वपूर्ण छन् ।”
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी