लन्डन । लन्डनको विषाक्त वायू हटाउने एउटा लक्ष्यसहित लन्डन मेयरले सेन्ट्रल लन्डनमा सवारी साधनलाई महंगो शुल्क लगाउने योजना बनाएका छन् । आगामी ८ अप्रिल, २०१९ देखि दैनिक २४ घण्टा सातै दिन ‘लन्डन अल्ट्रा लो इमिसन जोन’ (अत्यन्तै न्यून वायू प्रदुषण क्षेत्र) कार्यान्वयनमा आउने भएको हो ।
लन्डनको विषाक्त वायूका कारण वर्षेनी हजारौंको अकालमै मृत्यु हुने गरेको र बालबालिकाको स्वास्थ्य जोखिममा पारिरहेको विश्वास गरिन्छ । ‘अल्ट्रा लो इमिसन जोन’ मेयर अफ लन्डनको वायू स्वच्छ बनाउन र लन्डनवासीको स्वास्थ्य सुधारका लागि ल्याइएको योजना हो’- ट्रान्सपोर्ट फर लन्डनले जनाएको छ ।
‘अल्ट्रा लो इमिसन जोन’ स्टयाण्डर्डको नहुने सवारी साधनले सेन्ट्रल लन्डन जांदा दिनको एकसय पाउण्डसम्म दिनुपर्ने जनाइएको छ । कार, मोटरसाइकल, भ्यानसहित साढे तीन टन वजनसम्मका गाडीलाई दैनिक १२.५० पाउण्ड लाग्ने र गरुंगा सवारी साधन, ३.५ टन बढिका लरी र ५ टनभन्दा बढि वजन भएका बस, कोचहरुलाई सेन्ट्रल लन्डन भित्र छिरे प्रतिदिन एक सय पाउण्ड शुल्क निर्धारण गरिएको छ । यो शुल्क ‘कन्जेक्सन चार्ज’ अतिरिक्त हुनेछ ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द