लण्डन । गोरखा भर्ती शुरु भएको दुई शताब्दी पुगेको अवसरमा युकेको उत्तरी भागमा गोरखा स्मारक निर्माण गरिने भएको छ ।
सरकारी तवरबाट नभई स्थानिय गोरखाहरुको पहलबाट निर्माण गर्न लागिएको सो स्मारक निर्माणमा सहयोग गर्न पहलकर्ताहरुले अनुरोध गरेका छन् ।
स्थानीय पत्रिका ननिटन न्युजका अनुसार ननिटनस्थित रिभर्सली पार्कमा बनाइने सो स्मारक करिब आठ फिट अग्लो हुने बताइएको छ ।
नेपाली नागरिकहरु बेलायती महारानीको राजमुकुट र बेलायती सार्वभौमिकताको रक्षाका लागि बेलायती सेनामा भर्ती हुन शुरु गरेको २०० वर्ष पुगेको अवसरमा सो स्मारक निर्माण गर्न लागिएको हो ।
सो स्मारक निर्माणमा करिब ४० हजार पाउण्ड लाग्ने बताइएको छ ।
स्मारक निर्माणको जिम्मा बि्रटिश गोरखा भेटेरान एसोसिएनको स्थानीय शाखाले लिएको छ ।
स्मारक निर्माणका लागि स्थानीय ननिटन र बेडवर्थ बोरो काउन्सिलले अनुमति प्रदान गरिसकेको छ ।
एसोसिएसनले हालसम्म सो कार्यका लागि करिब १३ हजार पाउण्ड जम्मा गरिसकेको छ । र अरु पाँचहजार पाउण्ड उठाउन सकिने एसोसिएसनको आँकलन छ ।
सो स्मारक निर्माणले गोरखाहरुलाई मात्र फाइदा नभई समग्र ननिटन, बेडवर्थ, वारिकसायर र मिडल्याण्डकै आकर्षण हुने विश्वास एसोसिएनका प्रवक्ता ओम गुरुङ एमबीईले लिएका छन् ।
आगामी अप्रिल २६ तारिखमा स्मारक अनावरण कार्यक्रम राखिएको छ ।
काउन्सिलले अनुमति दिएपछि धेरैले चासो देखाएको उल्लेख गर्दै गुरुङले सो स्मारकले धेरै पर्यटकहरु निम्त्याउने सम्भावना रहेको बताए । आरम्भमा सोचिएको भन्दा पनि अहिले ठूलो योजना बनेको उनको भनाइ छ ।
‘हामीलाई ४० हजार पाउण्ड आवश्यक छ । म यसका लागि सहयोग गर्न समुदायलाई अनुरोध गर्दछु । सानो, ठूलो जस्तोसुकै सहयोग यहााहरुले गर्न सक्नुहुन्छ’- उनले भने ।
स्मारकको अनावरणमा धेरै उच्चउदस्थहरुको उपस्थिति रहने बताइएको छ ।
सो स्मारकले पर्यटकहरुलाई तान्ने र यसका अलावा वेष्ट मिडल्याण्ड क्षेत्रका नयाँ पुस्तालाई गोरखाहरुको इतिहासका बारेमा जानकारी दिने उनले बताए ।
सहयोग संकलन गर्नका लागि एक समिति बनाइएको छ । समितिले गरेको अपीलमा भाग लिँदै स्थानीय रोटरी क्लव अफ बेडवर्थले १०० पाउण्ड सहयोग गरेको छ भने स्टेजकोच कम्पनीले ५०० पाउण्ड ।
स्मारक निर्माणका लागि गोरखा मेमोरियल सेभिङ फण्डको नाममा कोभेन्ट्री बिल्डिङ सोसाइटीमा बैँक खाता खोलिएको छ । खाता नम्बर ९५३१८४५४७ र सोर्ट कोड ४०- ६३- ०१ रहेको छ । यस्तैगरी सहयोग गर्न चाहनेहरुले ब्रिटिश गोरखा भेटेरान एसोसिएसनका नाममा चेक जारी गरी एसोसिएसनको ठेगाना Newtown Centre, Newtown Road, Nuneaton, CV11 4HG पोष्ट पनि गर्न सक्नेछन् ।
सन् १९९२ मा क्वीन्स गोरखा सिग्नल ननिटन नजिकैको ब्रामकोट ब्यारेकमा सरेपछि ननिटन क्षेत्र गोरखाहरुको नयाँ घर बनेको छ ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण