लन्डन । बीबीसी नेपाली सेवाका पहिलो प्रस्तोता पुरन अग्रवाल अस्वस्थताका कारण अस्पताल भर्ना भएका छन् । किड्नी र पिसाव सम्वन्धि रोगका कारण अग्रवाल गत बिहीबारदेखि बेलफास्टस्थित म्याटर हस्पिटलमा उपचार गराइरहेको स्थानीय क्विन्स् युनिभर्सिटीमा फ्रिडम अफ एक्सप्रेसनमा पिएचडी गरिरहेका नारायण कंडेलले जनाए । नेपाल पत्रकार महासंघ, धौलागिरीका पूर्व अध्यक्ष समेत रहेका कंडेलले अग्रवालको मुटुमा समेत समस्या भएकाले आगामी सप्ताहन्तसम्म अस्पतालमै बस्नुपर्ने सम्भावना चिकित्सकले व्यक्त गरेको बताए ।
सन् १९६९, जुन ७ देखि शुरु भएको बीबीसी नेपाली सेवामा अग्रवाल विद्यार्थी छंदै पहिलो प्रस्तोता भएका थिए । शुरुवाततिर बेलायत अध्ययन गर्न आएका विद्यार्थीले बीबीसी नेपाली सेवा सञ्चालन गर्ने गर्दथे । शुरुमा बीबीसी नेपाली सेवाले साप्ताहिक कार्यक्रम दिने गरे पनि सन् १९७० को अन्त्यदेखि सातामा पांच दिन कार्यक्रम प्रसारण हुन थालेको थियो ।
वीनेपाली परिवार अग्रवालको शीघ्र स्वास्थलाभको कामना गर्दछ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]