वासिङटन, २० पुस – संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी भनाइ सार्वजनिक भएको हो ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो ट्राभल एड्भाइजरीमा चीन भ्रमण गर्नुअघि विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । तर, यस्तो परामर्श आफ्ना नागरिकलाई हतोत्साहित गर्नका लागि नभएको मन्त्रालयले स्पष्ट गरेको छ ।
“अधिकांश अवस्थामा अमेरिकी नागरिकहरुले चीन जानुअघि आफूहरुमाथि निषेधात्मक प्रतिबन्ध रहे नरहेको थाहा पाउन आवश्यक छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले चीनका स्थानीय कानुनको एकपक्षीय कार्यान्वयन गरिने, देश छाड्नबाट एकाएक प्रतिबन्ध लगाइने तथा चिनीया मुलका अमेरिकी नागरिकमाथि प्रताडना दिइने सम्भावनाप्रति सचेत रहन अनुरोध पनि गरेको छ ।
अमेरिकी नागरिकहरुलाई सुरक्षाको अवस्था पहिल्यै विचार गर्न तथा जिनजियाङ र तिब्बतमा कफ्र्यु लागे नलागेको बारेमा पूर्व जानकारी लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीन भ्रमणमा जाँदाका जोखिमबारे बुझ्न अनुरोध गरिएको बताउनुभयो । “चीन भ्रमणमा जाँदा जोखिम बढी छन् भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ ।”
चीनको टेलिकम कम्पनी हुवावेका प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई क्यानाडाको भ्यानकुभरमा पक्राउ गरेलगत्तै चीनले आन्तरिक सुरक्षामा खतरा रहेको भन्दै गत डिसेम्बरदेखि हालसम्म ११ जना क्यानाडालीलाई चीनमा पक्राउ गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?