
वासिङ्टन डीसी, संयुक्त राज्य अमेरिका, २० पुस – अमेरिकी प्रतिनिधिमण्डल व्यापार विवादबारे छलफलका लागि आगामी हप्ता चीन जाने भएको छ ।
व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समय चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटलाई निरन्तरता दिँदै यही जनवरी ७ र ८ मा व्यापारविवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन जाने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गरी जनाएको छ ।
विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका नेताबीच यस पहिले जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि उनीहरूले व्यापार विवादलाई अस्थायी रूपमा नै भएपनि ९० दिनका लागि रोक्न सहमति जनाएका थिए ।
“शुक्रबार विहानै चीन र अमेरिकी नेतृत्वबीच टेलिफोन वार्ता भएको छ । उक्त उप–मन्त्रीस्तरीय टेलिफोन कुराकानीबाट व्यापार विवादबारे वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल चीन आउनेछ,” चिनियाँ बाणिज्य मन्त्रालयले उल्लेख गरेको छ ।
चीनले वार्ताबारे थप पुष्टि गर्दै भनेको छ, ‘अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसले गर्नुहुनेछ । साथै प्रतिनिधिमण्डलमा वैदेशिक मामिलाबारे जानकार ड्याभिस मालपास पनि सहभागी हुनुहुनेछ ।’
अमेरिका तथा चिनियाँ व्यापार तथा आर्थिक बिषयका लागि गठित कार्यदलले दुई देशका उच्च नेताबीच अर्जेन्टिनामा भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयनका लागि रचनात्मक वार्ता गरी अघि बढ्ने विश्वास चीनको रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी