लन्डन । नेपालमा माउ पार्टी फुट्ने श्रृंखला बढिरहेकै बेला बेलायतस्थित माओवादी भने एक भएका छन् । यहांस्थित नेकपा माओवादी र एकीकृत माओवादीबीच गत ११ जनवरीमा लन्डन ह्यारोमा सम्पन्न भेलाले नेपाली जनएकता समाज यूके नामाकरणसहित एकीकरण गरेको हो । एकीकरणको औपचारिक घोषणा छिट्टै हुंदैछ । विदेशमा आइसकेपछि फुटेर भन्दा जुटेर देश निर्माण र आफ्नो पार्टीलाई एकीकरणको बाटोतर्फ अभिप्रेरित गर्न यस्तो पहल गरिएको जनाइएको छ ।
उक्त एकीकृत संगठनको अध्यक्षमा पूर्ण लोक्सम र सचिवमा सुरेन्द्र श्रेष्ठ छानिएको माओवादी श्रोतले उल्लेख गरेको छ । लोक्सम बैद्य र श्रेष्ठ प्रचण्ड समूह नेतृत्वमा थिए । सहमति अनुसार, चक्रीय प्रणालीमा लोक्समले ६ महिना र श्रेष्ठले बांकी ६ महिना अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । हाल उक्त कमिटी २५ सदस्यीय छ जसमा यसअघि विभाजित वैद्य र प्रचण्ड माओवादी सम्वद्ध जिल्लास्तरिय प्रमुख नेताहरुको सहभागिता छ ।
एकता अभियान संसारभर चलाउने श्रोतले उल्लेख गरेको छ । उनीहरुको समृद्ध नेपाल बनाउने सम्वन्धमा छिट्टै एउटा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने तयारी छ । साथै, यही शुक्रवार पहिचानसहितको अग्रगामी संविधान बनाउन दवाव दिने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमार्फत ज्ञापन बुझाउने कार्यक्रम तय भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?