
बंगलादेश अवामी लिग पार्टीका एक समर्थक बिहीबार ढाकामा आयोजित चुनावी रयालीमा प्रधानमन्त्री सेख हसिनाको बडेमानको तस्विर बोकेर सहभागी हुदै । तस्विर- एपी
ढाका, १४ पुस – बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् ।
मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ ।
प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ ।
सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ ।“देशको क्षमता अनुसार हामी सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौँ, सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौँ,” निर्वाचन आयोगका एक अधिकारी राफिक्वाल इस्लामले भन्नुभयो ।
उहाँले थप्नुभयो, “निर्वाचनका लागि शान्तिपूर्ण वातावरण हुनेछ भन्ने हामीलाई आशा छ ।” यस पटकको निर्वाचनको सिलसिलामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने अरु हजारौ घाइते भएका छन् ।
मुसलिम समुदायको बाहुल्यता रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिश्पर्धा हुने देखिएको छ ।
प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आउनु भएको छ भने विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् ।
प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाउनु भएको छ भने उहाँलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दाबी गरेको छ ।
विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेल हुनुहुन्छ । ७३ वर्र्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुनुहुन्छ भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुनुहुन्छ ।
यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय हुनुहुन्छ । यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनु हुनेछ ।
यसअघि दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।
तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरमविन्दुमा पुगेको छ ।
विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा हुनुहुन्छ । बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनु भएको छैन ।
उहाँको दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।
चर्को विवाद, तनाब र हिंसाका बीच बङ्गलादेशमा गत बिहीबार रातीदेखि अहिले मौन अवधि चलिरहेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल